ओडिसामा देखियो कालो बाघको परिवार

फोटो स्रोत 'एक्स'- स्क्रीन ग्र्याब

बाघको शरीरको रंग सामान्यतया रातो र पहेंलोको मिश्रण हुन्छ। तिनीहरूमा कालो थोप्लाहरू पाइन्छ। छाती र खुट्टाको भित्री भागको रंग सेतो हुन्छ। तर ओडिशाको जंगलमा कालो बाघको परिवार देखिएको छ। एक–दुई होइन, कालो बाघको पूरै परिवार थियो, जसमा तीनवटा बाघ देखिन्छन्। भिडियो भारतीय वन सेवा अधिकारी सुशान्त नन्द (आईएफएस)ले ट्विटरमा सेयर गरेका छन्, जुन देखेर मानिसहरु छक्क परेका छन्। नन्दले यसलाई प्रकृतिको अचम्मको क्षण भनेका छन्।

आईएफएस अधिकारी सुशान्त नन्दले भिडियोको साथ क्याप्सन लेखेका छन्, ‘प्रकृतिले हामीलाई चकित पार्न कहिल्यै असफल हुँदैन। यो दुर्लभ मध्ये एक होl ओडिशाको जंगलबाट एक पूर्ण स्यूडो-मेलानिस्टिक बाघ परिवारl’ ओडिशाको जंगलमा पाइने यी बाघहरू निकै दुर्लभ छन्। कहिलेकाहीँ एउटा देखिन्थे, तर यसपटक तीनवटा बाघको पूरै परिवार भिडियोमा कैद भएको छ। तिनीहरू रोयल बेंगल टाइगर परिवारका सदस्य हुन् र मेलानिज्मका कारण कालो बाघहरूमा ठूला र गाढा धारहरू हुन्छन्। यो एक दुर्लभ अवस्था हो जसले जनावरहरूमा कालो रंग निम्त्याउँछ। यस कारण सबै बाघको रङ सेतो हुन्छ। यी प्रायः अफ्रिकी क्षेत्रहरूमा पाइन्छ।

केही महिनाअघि चीनका वैज्ञानिकहरूले सेतो बाघमाथि अनुसन्धान गरेका थिए। सेतो बाघ पनि रोयल बेंगल टाइगर परिवारका सदस्य हुन् तर रंगका कारण दुर्लभ हुने गरेको पाइएको छ। अनुसन्धानपछि पेकिङ युनिभर्सिटीका शु-जिन लुओको टोलीले बाघको रङमा यो परिवर्तन एसएलसी४५ए२ नामक जीनका कारण भएको बताए। यी जीनहरू मानव, घोडा, कुखुरा र माछालगायत अन्य जनावरहरूमा पनि पाइन्छ, त्यसैले धेरै मानिसहरू र जनावरहरूको रंग गोरो हुन्छ। यो जीनले बाघमा रातो र पहेँलो रङको उत्पादन हुनबाट रोक्छ जसका कारण बाघको रङ कहिले कालो र कहिले सेतो हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्। किनभने यो जीनले कालो रङ्गको उत्पादनमा कुनै असर गर्दैन। देखिएका अधिकांश कालो बाघहरू रोयल बेङ्गाल टाइगर परिवारका हुन्, किनभने यो जीन उनीहरूमा मात्र हावी हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement