भाडाको घरमा २ वर्षअघि महिलाको लाश सडिरहेको थियो, तर घरधनीले भाडा उठाइरहे

एक महिला भाडामा लिएको घरमा दुई वर्षभन्दा बढी समयदेखि मृत अवस्थामा थिइन्, तर पनि घरधनीले फ्ल्याटको भाडा उठाउन जारी राखे। यस वर्षको फरवरीमा पुलिसले उक्त महिलाको कंकाल घरभित्रबाट फेला पारेको थियो। महिलाको मृत्युबारे अनुसन्धान गर्दा यो कुरा बाहिर आएको हो।

६१ वर्षी शीला सेल्भाओन लण्डनमा उनको घरमा मृत फेला परेकी थिइन्। उनी मेडिकल सेक्रेटरी रहिसकेकी थिइन्। उनका तीन छिमेकीले सन् २०२० मा उनी बेपत्ता भएको जानकारी दिएका थिए। यसअघि पनि शीलालाई भेट्न गएको पुलिसको दाबी भए पनि आवास संघका मानिसले भने उनी ठिक रहेको बताएर पुलिसलाई फर्काइदिएका थिए। शीलाको मृत्युको सुनुवाइको क्रममा छिमेकीको फोनका आधारमा पुलिस घटनास्थलमा पुगेपछि घरबाट उनको कंकाल फेला परेको खुलासा भएको थियो। साउथवार्क कोरोनर्स अदालतलाई सुनुवाइको क्रममा भनिएको थियो कि शीलाले अन्तिम पटक अगस्ट २०१९ मा भाडा तिरेकी थिइन्। तर त्यसपछि उनले भाडा तिरिनन्।

उनले भाडा दिन छोडेपछि उनले पाउने सरकारी ‘लाभ’बाट भाडा तिर्न सरकारी निकायमा निवेदन लेखिएको थियो। ‘मेल अनलाइन’ को समाचारअनुसार  यो आवेदन मार्च २०२० मा स्वीकृत भएको थियो। यसपछि शीलाको आवास संघले भाडा पाउन थाल्यो। अचम्मको कुरा, यस अवधिमा शीलासँग कसैले सम्पर्क गरेनन्। त्यही क्रममा उनको ग्यास आपूर्ति पनि बन्द भयो, तर पनि शीला अब यो संसारमा रहिनन् भन्ने कसैलाई थाहा पनि थिएन। पुलिसले दाँतको रेकर्डबाट शीलाको शव पहिचान गरेको हो। यस केसको अनुसन्धानमा संलग्न व्यक्तिहरुको विश्वास छ कि शीलाको अगस्त २०१९ मा मृत्यु भएको थियो। किनभने उनको फ्रिजबाट भेटिएको वस्तुमा ‘बेस्ट-बिफोर डेट’ यही समयको वरिपरि थियो। यही महिनादेखि उनले आवास संघ पिबडी ट्रस्टलाई भाडा तिरेकी छैनन्। उनले १४ अगस्त २०१९ मा डाक्टरलाई भेट्न अपोइन्टमेन्ट पनि लिएकी थिइन्। त्यतिबेला डाक्टरलाई भनेकी थिइन् कि उसलाई घरघर र कहिलेकाहीँ सास फेर्न गाह्रो हुन्छ। अदालतको सुनुवाइमा उनी यस अपोइन्टमेन्टको लागि नपुगेको खुलासा भएको थियो। डिटेक्टिभ प्रमुख इन्स्पेक्टर अमान्डा मोभिन्नीले भने कि पीबडी ट्रस्टले अक्टोबर २०२० मा पुलिसलाई झूटो जानकारी गराएको थियो कि शीला सुरक्षित छिन्, जब पुलिस छिमेकीहरूको गुनासोपछि उनलाई हेर्न त्यहाँ गएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *