सिलगढीः पुरानो पेन्सन योजनाको माग गर्दै रेलवे कर्मचारी युनियनले अनशन शुरू गरेको छ । रेलवे कर्मचारी युनियनले नयाँ पेन्सन योजना खारेज गरी पुरानो पेन्सन योजना पुनर्स्थापित गर्न माग गरेको छ । यही मागलाई लिएर संघले आन्दोलन शुरू गरेको हो ।
यही मागलाई लिएर संघले विगत केही वर्षदेखि देशभर विरोध प्रदर्शन गर्दै आएको छ । रेलवे मजदुर युनियनले नयाँ पेन्सन योजना खारेज गरी पुरानो पेन्सन योजना लागू गर्न माग गर्दै फेरि आन्दोलन शुरू गरेको छ । सङ्गठनले ८ जनवरीदेखि ११ जनवरीसम्म सबै रेलवे कार्यालय अगाडि रिले अनशन कार्यक्रम गर्ने निर्णय गरेको छ । यही कार्यक्रमअन्तर्गत रेलवे कर्मचारी युनियन जंक्शन र एनजेपी शाखाका महिला संगठन एनजेपी एडीआरएम कार्यालय अगाडि अनसन बसेका छन् । संगठन सचिव तुलतुल घोषले भने, ‘यस मागको विरोधमा उनको संगठनले निरन्तर विरोध गरिरहेको छ । उनीहरूको मागलाई केन्द्र सरकारले सम्वेदनशिल रुपमा नबुझेसम्म आन्दोलन जारी राख्ने उनीहरूको संगठनले जनाएको छ ।










