खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको सिमरिङमा विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम तीनधारे पुलिस आउट पोष्ट, सिमरिङ टाइम्स र सिमरिङको एसयुएफसी क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान उपस्थित थिए। पञ्चायत सदस्य बिक्की पाख्रिनले सञ्चालन गरेको कार्यक्रमलाई ग्राम सुधार समिति सिमरिङको सचिव दिवस वाईबाले राखेका थिए। यस सचेतना कार्यक्रममा स्थानीयहरूलाई विभिन्न विषयहरूमा सचेतना गराएका थिए। यस क्रममा घरेलु ग्यास विषयमा गोपाल छेत्री, स्वास्थ्य विषयमा मालुटार उप स्वास्थ्य केन्द्रको सुपर भाईजर राजु सुब्बा, बाल सुरक्षा र शिक्षा विषयमा आँगनवाड़ीकर्मी छुनु लामा र शिवखोला ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या अनिरा वाईबा आदिले वक्तव्य राखेका थिए। यस सचेतना कार्यक्रममा मुख्य वक्ताको रूपमा तीनधारे पुलिस आउट पोष्टको बड़ाबाबु (ईन्चार्च) बीरेन्द्र छेत्री उपस्थित थिए। उनले आफ्नो सम्बोधनमा बाल श्रमिक, बाल विवाह, बाल सुरक्षा, ड्रग्स अडिक्शन, सोसियल मिडियामा हुने धोकाधडी लगायत विभिन्न विषयहरूमा सचेतना गराएका थिए। कार्यक्रममा मुख्य अतिथि शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानले पनि वक्तव्य राखेका थिए।

यस सचेतना कार्यक्रममा तीनधारे पुलिस आउट पोष्टको एएसआई जीवन राई, शिवखोला ग्राम पञ्चायतको उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्या दिक्षा छेत्री र पञ्चायत सदस्या मोनिका राई, ग्राम सुधार समिति सिमरिङको सभापति रञ्जन तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए।