तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: युवराज ईलेभेन फाईनलमा प्रवेस

IMG-20240108-WA0237.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा ब्रदरवुड तीनधारेको आयोजनामा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको पहिलो सेमी फाईनल खेल जितेर युवराज ईलेभेन फाइनलमा प्रवेस गरेको छ। आज भएको पहिलो सेमी फाईनल खेल नवज्योति संघ चुनभट्टी र युवराज ईलेभेनमाझ सम्पन्न भएको थियो। यस पहिलो सेमी फाईनल खेलमा चुनभट्टीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको थियो। एक समय चुनभट्टीको १३ ओभरमा केवल ४७ रन मात्र थियो तर देब्रे हातका ब्याटरहरू सुशांक र सुरज छेत्रीले अन्तिम ओभरहरूमा राम्रो रन बनाउँदै सम्मानजनक स्कोर ७८ रन बनाएको थियो। चुनभट्टीको लागि कप्तान रञ्जित थापाले सर्वाधिक १९ रन अनि सशांकले १७ रन बनाएका थिए। युवराज ईलेभेनको पक्षमा सिध्दार्थ गहतराज र कृष्ण पोर्तेलले २-२ विकेट लिएका थिए। ७९ रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभेनले १० ओभर ४ बलमा ८१ रन बनाएर सजिलै खेल जित्दै फाईनलमा प्रवेस गरेको छ। युवराज ईलेभेनले शुरुको ३ ओभरमा ३० रन बनाएको थियो। युवराज ईलेभेनको पक्षमा सिध्दार्थ गहतराजले नट आउट ३१ रन बिष्णे भुजेलले १३ रन र सचिन परियारले ११ रन बनाएका थिए। आजको खेलमा बलिङमा २ विकेट लिने र ब्याटिङमा ३१ रन बनाउने युवराज ईलेभेनको खेलाड़ी सिध्दार्थ गहतराज म्यान अफ् द म्याच चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा लगायत अन्यहरू उपस्थित थिए। आजको खेलमा निर्णायकको रूपमा सितम प्रधान र राजीव प्रधान रहेका थिए। अब भोलि हुने दोस्रो सेमी फाईनल खेल मित्र संघ गोलाई पाखा र हिरो बजार तीनधारेमाझ हुनेछ।

आजको खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको पक्षमा शुभम प्रधानले गत २८ दिसम्बरदेखि जम्मा १२ वटा क्रिकेट टिमहरूलाई लिएर शुरू भएको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको पहिलो सेमी फाईनल खेल आज सम्पन्न भयो जसमा युवराज ईलेभेन फाईनलमा प्रवेस गरेको छ। उनले बताए अनुसार यस टुर्नामेन्टको फाईनल खेल आगामी १४ जनवरीको दिन सम्पन्न हुने बताएका छन्। उनले यस समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि जित्ने टिमलाई ट्रफीसहित २५ हजार र उप विजेता टिमलाई ट्रफीसहित १५ हजार नगदराशि पनि प्रदान गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement