शेख हसिना पाँचौं पटक प्रधानमन्त्री बन्ने

Sheikh-Hasina

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल हासिल गरेकी छिन्। अब शेख  हसिना पाँचौं पटक प्रधानमन्त्री बन्ने छिन्। सानोतिनो हिंसा र मुख्य विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीहरूले बहिष्कारको बीचमा आइतबार भएको १२औं आम चुनावमा शेख हसिनाको अवामी लीगले २०० सिट जितेर दुई तिहाइ बहुमत हासिल गरेको छ। विपक्षी दल राष्ट्रिय पार्टीले १० सिट र स्वतन्त्रले ४५ सिट जितेका छन्। शेख हसिना सन् १९८६ पछि आठौं पटक गोपालगञ्ज–३ सिटबाट विजयी भएकी हुन्। उनले २,४९,९६५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी बंगलादेश सुप्रिम पार्टीका उम्मेदवार एम. निजामुद्दीन लस्करले ४६९ मत मात्र पाएका छन्।

७६ वर्षीया शेख हसिना सन् २००९ देखि बंगलादेशको प्रधानमन्त्री भएकी छिन् र यो एकतर्फी चुनावमा उनले लगातार चौथो पटक र कुल पाँचौं पटक कार्यकाल पाउने भएकी छिन्। तीन सय सदस्यीय संसदको २९९ सिटका लागि आइतबार मतदान भएको थियो। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको मतदान स्थगित भएको छ। यी निर्वाचनमा विपक्षी राष्ट्रिय पार्टीसहित २७ राजनीतिक दलले भाग लिएका थिए। निर्वाचनमा राष्ट्रिय पार्टीबाहेक अन्य दल अवामी लिग गठबन्धनका सदस्य छन्। रंगपुर–३ बाट राष्ट्रिय पार्टीका अध्यक्ष जीएम कादेर विजयी भएका छन्। अवामी लिगका महासचिव ओबैदुल कादरले जनताले आफ्नो मताधिकार प्रयोग गरेर बिएनपी र जमात-ए-इस्लामीको बहिष्कारलाई अस्वीकार गरेको दाबी गरे। प्रारम्भिक अनुमानअनुसार करिब ४० प्रतिशतले निर्वाचनमा मताधिकार प्रयोग गरे पनि मतगणना सम्पन्न नभएसम्म यो तथ्यांकमा परिवर्तन हुनसक्छ। सन् २०१८ को आम चुनावमा ८० प्रतिशत भन्दा बढी मतदान भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *