डा बीआर अम्बेडकर शिशु मन्दिर विद्यालय, जलपाइगढीमा नि:शुल्क स्वास्थ्य शिविर आयोजित

e9f45bee-19de-4978-9e84-cf10b6f3e3ef


जलपाइगढीः जलपाइगढीको डा बीआर अम्बेडकर शिशु मन्दिर विद्यालयमा आज एकदिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरियो। शिविरमा वरिष्ठ चिकित्सकका अलावा शल्यचिकित्सक तथा बाल विशेषज्ञ चिकित्सकहरूको समेत उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरमा विभिन्न क्षेत्रका बिरामीले स्वास्थ्य सेवा लिएका थिए । यहाँ नि:शुल्क रक्त परीक्षणको सुविधा पनि थियो, जसको जनताले फाइदा उठाएका थिए ।
विद्यालयका प्रधानाध्यापक विश्वजित मजुमदारले गत वर्ष पनि स्वास्थ्य शिविर आयोजना गरेकाले यस वर्ष पनि स्वास्थ्य शिविर आयोजना गरेको बताए । उनले यस स्वास्थ्य शिविरमा ग्रामगञ्जका विभिन्न क्षेत्रका सर्वसाधारणले स्वास्थ्य परीक्षण सेवा लिएको समेत बताए । उनले बालरोग विशेषज्ञ तथा सर्जेन्ट डाक्टर बाबुको उपस्थितिमा मानिसहरूको विशेष स्वास्थ्य परिक्षण गरेको समेत बताए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement