जलपाइगढीः जलपाइगढीको डा. बीआर अम्बेडकर शिशु मन्दिर विद्यालयमा आज एकदिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरियो। शिविरमा वरिष्ठ चिकित्सकका अलावा शल्यचिकित्सक तथा बाल विशेषज्ञ चिकित्सकहरूको समेत उपस्थिति रहेको थियो। स्वास्थ्य शिविरमा विभिन्न क्षेत्रका बिरामीले स्वास्थ्य सेवा लिएका थिए। यहाँ नि:शुल्क रक्त परीक्षणको सुविधा पनि थियो, जसको जनताले फाइदा उठाएका थिए।
विद्यालयका प्रधानाध्यापक विश्वजित मजुमदारले गत वर्ष पनि स्वास्थ्य शिविर आयोजना गरेकाले यस वर्ष पनि स्वास्थ्य शिविर आयोजना गरेको बताए। उनले यस स्वास्थ्य शिविरमा ग्रामगञ्जका विभिन्न क्षेत्रका सर्वसाधारणले स्वास्थ्य परीक्षण सेवा लिएको समेत बताए। उनले बालरोग विशेषज्ञ तथा सर्जेन्ट डाक्टर बाबुको उपस्थितिमा मानिसहरूको विशेष स्वास्थ्य परिक्षण गरेको समेत बताए।