ऐतिहासिक तथा प्राचीन जल्पेश मन्दिरमा स्काईवाक निर्माणको काम शुरू

b3d8ad83-49a3-43c6-9181-f4ce2a15ffd0

जलपाइगढीः ऐतिहासिक तथा परम्परागत प्राचीन जलपेश मन्दिरमा स्काईवाक निर्माणको काम धमाधम भइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले दिएको ५ करोडको लागतमा जल्पेश मन्दिरको सौन्दर्यीकरणको काम भइरहेको छ, जसमा जल्पेश मन्दिरको जीर्णोद्धार भइरहेको छ। यसअन्तर्गत स्काईवाक निर्माण भइरहेको मन्दिर स्रोतका अनुसार अबको दुई महिनाभित्र काम सम्पन्न हुनेछ। जल्पेशको सबैभन्दा ठूलो मेला श्रावणी मेला हो भन्ने सबैलाई थाहा छ। यस मेलामा टाढा टाढाबाट भक्तजनको भीड लागेको छ। मुख्यमन्त्रीको अनुदान रकममा स्काइवाक निर्माण हुन लागेको हो, यसका कारण मन्दिर परिसरमा हुने भीडभाडबाट बच्न भक्तजनलाई धेरै सुविधा हुने बताइएको छ। स्काईवाकमा प्रवेश र निकासका लागि दुईवटा मुख्य र दुईवटा साना सिँढीहरू हुनेछन्। स्काईवाकमा पिउने पानी र चियाको समेत सुविधा हुनेछ। यस क्षेत्रमा सीसीटीभी क्यामेरा, एलईडी विशाल स्क्रिनहरू हुनेछन्। यो संयुक्त स्क्रिनमा दुई स्क्रिनहरू हुनेछन्, एउटा माथि र अर्को तल। मन्दिर श्रोतका अनुसार यो स्काई वाक शुरू भएमा मन्दिरमा भीड निकै कम हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement