नयाँ दिल्ली: टर्किस–जर्मन एयरलाइन्स कम्पनी ‘सन एक्सप्रेस’को विमानको खानामा सर्पको टाउको भेटिएको छ। रिपोर्टका अनुसार यो डरलाग्दो घटना टर्की र जर्मनीको बीचमा रहेको सन एक्सप्रेसको उडानमा भएको हो। खानामा सर्पको टाउको भेटिएको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। वास्तवमा विमानका चालक दलका सदस्य खाना खाइरहेका थिए। यसै क्रममा आलु तरकारीको बीचबाट सर्पको टाउको निस्कियो। उडान कम्पनी सन एक्सप्रेसले टर्कीका सञ्चारमाध्यमलाई यो पटक्कै स्वीकार्य नहुने बताएको छ। यस विषयमा अनुसन्धान शुरु भए पनि सम्बन्धित खाद्यान्न आपूर्तिकर्तासहित ठेकेदारलाई रोक लगाइएको छ। एयरलाइन्स कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामी तपाईलाई जानकारी गराउन चाहन्छौं कि उडानभित्रको खाना सेवालाई लिएर सञ्चारमाध्यममा आएका आरोप पटक्कै स्वीकार्य छैनन्। यस सम्बन्धमा विस्तृत अनुसन्धान थालिएको छ।” यस विषयमा खाद्यान्न प्रदायक साङ्काक इन्फ्लाइट सर्भिसेजले भने, “हामीले खाना पकाउँदा कुनै विदेशी वस्तु प्रयोग गरेका छैनौँ। तर, यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छl’’