१४ वर्षदेखि रातिको खान खाएका छैनन् यी अभिनेताले

Manoj-Bajpeyee

अभिनेता मनोज बाजपेयी हिजोआज आफ्नो आउँदो वेब सिरिज ‘किलर सूप’ लाई लिएर चर्चामा छन्। अभिषेक चौबेले निर्देशन गरेको यो वेब सिरिजमा उनीसँगै कोंकणा सेन शर्मा पनि देखिनेछिन्। हालै मिडियासँग कुरा गर्दै मनोज बाजपेयीले आफ्नो फिटनेस र स्वास्थ्यका बारेमा धेरै खुलासा गरेका छन्। मनोज बाजपेयी आफ्नो स्वस्थ जीवनशैलीका लागि परिचित छन्। हालै उनले आफ्नो सोशल मिडिया ह्यान्डलबाट आफ्नो शर्टलेस तस्वीर पनि सेयर गरेका छन्। उक्त तस्वीरमा मनोज बाजपेयीको एब्स देखेर मानिसहरु छक्क परेका थिए। अभिनेता आफैंले आफ्नो फिटनेसको रहस्य खुलासा गर्दै विगत १४ वर्षदेखि रातिको खाना नखाएको बताए। मनोज बाजपेयी विश्वास गर्छन्, ‘खाना हाम्रो सबैभन्दा ठूलो मित्र र हाम्रो सबैभन्दा ठूलो शत्रु पनि हो। मैले राति खान छाडेको छु र दिनमा सन्तुलित आहार खान्छु। मेरो फिटनेसमा यसको ठूलो योगदान छl’

मनोजले थपे, ‘मैले मेरो हजुरबालाई सधैं स्लिम र फिट देखेको थिएँ। फिट रहन मेरो हजुरबुवाले गर्नुहुन्थ्यो त्यही काम किन नगर्ने सोचें। मैले पनि उहाँजस्तै रातिको खाना नखाने निर्णय गरेँ र परिणाम सबैको अगाडि छl’ मनोज बाजपेयीका लागि शारीरिक फिटनेस जत्तिकै मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण छ। शरीरको कुनै अंगको फिटनेस नभई सम्पूर्ण शरीरको फिटनेस महत्वपूर्ण हुने मनोजको विश्वास छ। अभिनेता मनोज बाजपेयीको नयाँ वेब सिरिज ‘किलर सूप’ चाँडै रिलिज हुँदैछ। यस सिरिजमा पहिलो पटक मनोज बाजपेयी तीन फरक क्यारेक्टरमा देखिदैछन्। यो कुरा अभिनेता स्वयमले पत्रकार सम्मेलनमा खुलासा गरेका हुन्।    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement