गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस तामाङले आज, सोमबार २०२३ मा पद्मश्री पुरस्कारले सम्मानित ९९ वर्षीय तुलाराम उप्रेतीसँग भेट गरे। उप्रेतीले सन् २०२३ मा अर्ग्यानिक खेतीमा पद्मश्री पुरस्कार प्राप्त गरेका हुन्।
मुख्यमन्त्रीले उप्रेतीको प्रेरणादायी उपलब्धिको सराहना गर्दै सिक्किम सरकार र जनताको तर्फबाट उप्रेतीलाई हार्दिक बधाई दिए। उप्रेतीको नवोन्मेषी प्रयासहरूलाई राज्य र राज्य बाहिरका लागि एउटा ज्वलन्त उदाहरण बताउँदै मुख्यमन्त्रीले उनको पदचिन्हमा हिड्न पाउँदा गर्वबोध भइरहेको बताए।
यसको साथै मुख्यमन्त्री तामाङले उप्रेतीको सुस्वास्थ्य र दिर्घायुको कामना पनि गरे। यस भेटघाटअवधि मुख्यमन्त्रीका साथमा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती पनि थिए।