सिलगढी: चम्पासरीदेखि ३ नम्बर वार्ड अन्तर्गत गुरूङ बस्तीसम्म सडक चौडाकार गरिने भएको छ। यस रूटलाई फोर लेन सडक बनाइने भएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव आज ३ नम्बर वार्डको परिस्थितिको निरीक्षण गर्ने क्रममा यस प्रकारको मन्तव्य पोखेका हुन्। स्मरण रहोस्, गत २२ दिसम्बरको दिन सिलगढी नगरनिगमले कोर्टको निर्देश अनुसार ३ नम्बर वार्डको सबै अवैध निर्माणहरू भत्काइदिएको थियो। आज ३ नम्बर वार्डको निरीक्षणमा गएका मेयरले यहाँ फोर लेन सडक बनाइनेबारे जानकारी दिएका छन्।

यस सडकलाई लिएर आज पीडब्ल्युडीसित कुराकानी भइसकेको छ। वित्तीय वर्ष २०२४-२५ मा फोर लेन सडक निर्माणको कार्य शुरू गरिने छ। यसको साथै गुरूङ बस्तीको सडकमा बजार रहेको छ भने त्यस बजारलाई हटाएर त्यहाँ एउटा मार्केट कम्प्लेक्स बनाइनेछ। यसबारे पनि एसजेडीएसित कुराकानी गरिने मेयर देवले बताए।