गोरुबथान: सोमबारे बजार सेन्ट्रल बैंकको नजिकमा केडेन्स मल्टी सर्भिस जोनको आज भव्यरुपमा उद्घाटन गरियो। यस सर्भिस जोनको संस्थापिका संजना राई हुन्।केडेन्स मल्टी सर्भिस जोनमार्फत सर्वसाधारणलाई धेरै कुरोको सुविधा दिन हेतु शुरु गरिएको बताइएको छ। विशेष गरेर कामको खोजीमा परदेश जाने क्रममा हाम्रा युवा जमातहरु ठगिएको दुःख पाएको समाचार, समाजिक सञ्जालमा हेर्न पाइन्छ।यसरी ठगिनु र दुःख पाउनुबाट बँच्न हेतु यस मल्टी सर्भिस जोनको शुरु गरिएको जानकारी दिइएको छ।
परदेसमा काम गर्न जाने हाम्रा मानिसहरुलाई सही ठाउमा सही माध्यमबाट पुगोस, ठगिनबाट जोगियोस, भन्ने हेतु खोलिएको पहिलो इ जोनको आज संस्थापिकाको बाहुलीबाट रिबन काटेर उद्घाटन गरियो। यहाँबाट जानकारी लिएर सर्वसाधारणले पहल गर्न सकिने जानकारी सुरेश चौधरीले दिएका छन्। यो हेल्प डेस्कको रुपमा रहेको छ। जानकारी लिन चाहने व्यक्तिहरुले यहाँबाट निशुल्क रुपमा जानकारी लिन सक्ने पनि उनले थप बताएका छन्।