उत्तर दिनाजपुर: गाडी ओभरटेक गर्ने क्रममा ट्रक र कार दुर्घटना ग्रस्त भएको छ। यो घटना उत्तर दिनाजपुरको दलखोलामा भएको हो। यस दुर्घटनामा ५ जना घाइते भएको छ। स्रोतका अनुसार राष्ट्रिय राजमार्ग नम्बर ३१ मा रायगञ्जबाट किशनगञ्जतर्फ जाँदै गरेको सानो कार र ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रक चालकले सानो कारलाई ठक्कर दिएको थियो। दुर्घटनामा सानो कारमा सवार पाँच जना गम्भीर घाइते भएका छन् । सबैलाई स्थानीयले रायगञ्ज मेडिकल कलेजमा भर्ना गरेका थिए, जहाँ सबैको उपचार भइरहेको छ। पुलिसले सम्पूर्ण माघटनाको अनुसन्धान सुरु गरेको छ।