अलिपुरद्वारमा जंगली हात्तीको आतंक

IMG-20240108-WA0123.jpg

अलिपुरद्वार: जंगली हात्तीले पर्खाल साथै अलिपुरद्वारमा मोटरसाइकल र स्कुटरहरू पनि ध्वस्त भएका छन्। डुअर्समा फेरी एक पटक हात्तीले आतंक मच्चाएको छ।हात्तीको आक्रमणबाट एक परिवारलाई आहत भएको छ। आइतबार राति अलिपुरद्वार जिल्लाको जटेश्वर नम्बर १ ग्राम पञ्चायतको बेनकांडी गाउँमा हात्तीले आतंक मच्चायो। स्थानीय स्रोतका अनुसार बेनकांडी गाउँका भूषण ऊरावको घरमा हात्तीले अचानक आक्रमण गर्यो। यस आक्रमणका कारण घरको पर्खाल भत्केर हात घर भित्र पसेर विध्वंस मच्चाएको थियो। घरमा राखिएको मोटरसाइकल र स्कुटरसँगै घरमा राखिएको धानमा पनि क्षति पुगेको छ। राति एक्कासी जंगली हात्ती देखेर सबै परिवार डराए र ज्यान जोगाउन भागे। करिब एक घन्टासम्म हंगामापछि हात्ती रातको अन्धकारमा बेपत्ता भएको थियो। यो घटनाले सो क्षेत्रमा निकै त्रास फैलाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement