खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयको वनभोज सम्पन्न

IMG-20240108-WA0097.jpg

दार्जिलिंग: खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयको वार्षिक वनभोज आइतबार सम्पन्न भयो। स्थानीय भानु चौतारी नजीक खुल्ला मैदानमा वैकुण्ठपुर जङ्गलको मनोरम दृश्यको अवलोकन गर्दै खेलिएको वनभोजमा पुस्तकालयका चालिसजना विद्यार्थी नानीहरु लगायत पुस्तकालयका सदस्यहरु उपस्थित थिए। यसदिन वनभोजसँगै विद्यार्थीहरुको निम्ति विभिन्न प्रकारका कार्यक्रमहरु आजोजन गरिएको थियो।

हाम्रो समाजको परिवेश नै हाम्रो परिचय हो भन्ने स्लोगनको साथमा कार्यक्रमको शुरुमा पुस्तकालयदेखि वनभोज खेलेको ठाउँसम्म र्याली आयोजन गरिएको थियो। त्यसपछि प्रतियोगिताको रुपमा हाजिरी जवाफ, कविता वाचन, बस अनि चित्र बनाऔँ साथै मनोरञ्जनको रुपमा क्रिकेट, फूटबल, ब्याटमिण्टन आदि खेलहरु खेलाइएको थियो।
यसदिनको वनभोज कार्यक्रममा पुस्तकालयको तर्फबाट सचिव विकास तिम्सिना, कोषाध्यक्ष कृष्ण शर्मा, सदस्यहरु राहुल मंगर, करण लेप्चा, सागर लिम्बू, टोमनाथ भट्टराई, बिक्की साहा, गकुल बर्मण, विवेशना छेत्री, रञ्जीता ठकुरी, विशिका थापा उपस्थित थिए।

स्मरण रहोस्, भानुभक्त जन पुस्तकालय विगत २०२० -मा स्थापित भएको हो र यस पुस्तकालयद्वारा विद्यार्थी, युवाहरुको निम्ति विभिन्न शैक्षिक कार्यक्रमहरुसँग प्रत्येक आइतबार विद्यार्थीहरुको निम्ति नि:शुल्क रुपमा आर्ट्स क्लास गर्ने गर्दछ। यस लगायत प्रत्येक बर्ष भानु जयन्ती एवं भाषा दिवसको दिन डाबग्राम-१, डाबग्राम-२, सेवक, १० माइल, फाराबारी क्षेत्रका माध्यमिक एवं उच्च माध्यमिक परिक्षामा पहिलो दर्जामा उत्तीर्ण गर्ने विद्यार्थी अनि क्षेत्रका प्रतिभाहरुलाई सम्वर्धना गर्ने गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement