सम्झौता परिवार समाजको द्वय-बार्षिक सम्मेलन भव्य रुपमा पालन

Screenshot_20240107_234448_WhatsApp.jpg

छोटाटिङलिङ: आज सम्झौता परिवार समाज, छोटाटिङलिङको आयोजनामा द्वय-बार्षिक सम्मेलन एवं बृद्ध-बृद्धा, मेधावी बिद्यार्थीहरु अनि छोटाटिङलिङको बिकासमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुय्राउँने सामाजिक र प्रशासनिक व्यक्तित्वहरुलाई सम्मान जनाइने कार्यक्रम विविध साँस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भयो। यस कार्यक्रमका अध्यक्षता सम्झौता परिवार समाजका संस्थापक कोषाध्यक्ष के.पी. शर्माले गरेका थिए भने प्रमुख अतिथि जीटीएका कार्यकारी सभासद एवं समाजसेवी अरुण सिंगची थिए। बिशिष्ट अतिथिहरुमा बरिष्ठ समाजसेवी, प्रकाशक, चिन्तक दधिराम घिमिरे, समाजसेवी, ठेकेदार कमल प्रधान, एमके राई, सौरेनी ग्राम पंचायत दुईका उप प्रधान रबिन तामाङ, पंचायत सदस्य कृष्ण तामाङ,सुजन राई, पानीघट्टा त्रिवेणी संघकी अध्यक्षा रीता प्रधान मुखिया लगायत उनका टोली उपस्थित थिए। कार्यक्रममा स्वागत मन्तव्य दीपक भुजेलले राखे भने समाजका संस्थापक अध्यक्ष दीपक भुजेल, कोषाध्यक्ष के.पी. शर्मा , सल्लाहकार सी.एल.प्रधान लाई समाजलाई पुय्राएको योगदानको निम्ति कृतज्ञता स्मृति चिन्हद्वारा सम्मानित गरियो।सचिवको प्रतिबेदन सचिव मनोहर शर्माले राखे भने हर हिसाबको फाँटवारी कोषाध्यक्ष रबिन्द्र शर्माले प्रस्तुत गरे। समाजले २०२४ को क्यालेण्डर पनि लोकार्पण अतिथिहरुको बहुलीबाट गय्रो। कार्यक्रममा छोटाटिङलिङ गाउँका ७५ बर्ष भन्दा माथिका बृद्ध-बृद्धाहरु क्रमैले पालदोर्जे तामाङ, दिलबहादुर तामाङ, बुद्धिमाँया तामाङ, गोरे तामाङ, भोजबहादुर भुजेल, रामदिल छेत्री, धनमाँया मंगर, श्रीमती भुजेल, शिवमाँया शर्मा, बिष्णुमाँया शर्मा, गंगा माँया तामाङ, बलबहादुर भुजेल, कालुमान खवास, धनमाँया लेप्चा लाई नेपाली टोपी, खदा, सल, स्मृति चिन्ह अनि त्रिवेणी नारी संघ पानीघट्टाले पौष्टिक खाध्यान्न र तातो कपडाहरु दिएर सम्मान जनाइयो। छोटाटिङलिङका
मेधावी बिद्यार्थीहरु जसले २०२२-२०२३ को बिभिन्न बोर्ड परीक्षाहरुमा ६० प्रतिशत भन्दा अधिक अंक ल्याएर पहिलो दर्जामा उत्तीर्ण भएका थिए उनिहरुमा ज्ञामीत लेप्चा, निकिता सुब्बा, संगीता छेत्री (स्नातकमा), अनुराग शर्मा, ज्ञान छिरिङ लेप्चा, निलेश सुब्बा, सृष्टि शर्मा र आर्जु थापा (उच्च माध्यमिक परीक्षामा), प्रतिमा तामाङ र‌ अनिश शर्मा (सीबीएसई), माध्यमिक परीक्षामा)लाई स्मृति चिन्ह र खदाद्वारा सम्मान जनाइयो। यसको अतिरिक्त अन्य विशिष्ट व्यक्तित्वहरूमा सभासद् अरुण सिंगची, बरिष्ठ समाजसेवी, चिन्तक, प्रकाशक दधिराम घिमिरे, उप प्रधान रबिन तामाङ, पंचायत सदस्य कृष्ण तामाङ, समाजसेवी, ठेकेदार कमल प्रधान र एमके राई, सुजन राईलाई छोटाटिङलिङको बिकासमा बिभिन्न तरिकाले योगदान दिएकोमा नेपाली टोपी, खदा र स्मृति चिन्हद्वारा सम्मानित गरियो। यस अवसरमा विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। वक्तव्य राख्दै प्रमुख अतिथि अरुण सिंगचीले समाजले गर्नुपर्ने धेरैवटा कामहरु मध्ये बृद्ध-बृद्धा सम्मान पनि मुख्य हो भन्दै समाजले गाउँ सुधार गर्नुपर्ने धारणा राखे। गाउँ, समाज एक भएर समाजको उदेश्यलाई साकार पार्नुपर्छ भन्दै उनले छोटाटिङलिङमा २६ जनवरी २०२४ को दिन सार्वजनिक भवनको शिलान्यास गरिने घोषणा गरे।कमल प्रधान, दधिराम घिमिरे,रीता मुखियाले पनि वक्तव्य राखे।समाजका सचिव मनोहर शर्मा र सह सचिव अरुण खवासले क्रमबद्ध रुपमा सञ्चालन गरेको कार्यक्रममा मणिराम छेत्रीले गीत प्रस्तुत गरेका थिए। सम्मेलनमा दुई बर्षको निम्ति नयाँ समितिको घोषणा गरियो जसमा अध्यक्ष रजिता भुजेल, उपाध्यक्ष सुषमा खवास, सरोज खवास, सचिव मनोहर शर्मा, सह सचिव अरुण खवास, राजेन खवास, कोषाध्यक्ष रबिन्द्र शर्मा, सह कोषाध्यक्ष रजिन खवास, कोष संकलक टीका राणा र संजीता भुजेल, सल्लाहकार केपी शर्मा, अर्पण थापा, मणिराम छेत्री, देउमाँया भुजेल, प्रकाश मंगर, समान संरक्षक दीपक भुजेल, सीएल प्रधान, पुष्पकुमार गुरुङ लगायत अन्यलाई कार्यकारी सदस्यको रुपमा मनोनित गरियो। कार्यक्रम सफल भएकोमा समाजका युवाद्वय अर्पण थापा र रामकृष्ण छेत्रीले सबैलाई कृतज्ञता ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement