सोनादा: माध्यमिक शिक्षा केन्द्रका शिक्षक संगठनले अाज जीटीए चिफसँग दार्जिलिङको लालकोठीमा भेटघाट गरेका छन्। उक्त भेटमा चुनावको समयमा घोषणा पत्रमा उल्लेख गरिएको हाम्रो समस्याहरू विषयमा अब यसलाई कार्यरुपमा परिणत गरिनु पर्ने विषयमा जोड दिइएको जानकारी प्राप्त भएको छ। यस विषयमा जीटीए चिफ् एक्जीक्युटिभले सभासद सन्चवीर सुब्बालाई सबै विषयमा अवगत गराई दिएका छन्। हाम्रो सबै विषयहरू हामीले लिखित रुपमा तयारी छ र झट्टै भार वहन गर्ने सभासद समक्ष पेश गरिने भएको जानकारी गराएका छन्। यसरी साङ्गठनिक रुपमा कार्य गरिन्दा अर्थको पनि आवश्यक पर्न जान्छ र सबैको सहयोगको आवश्यक रहेको छ र सङगठनप्रति सकारत्मक सोच राखौं र हाम्रो कुनै पनि समस्याको समाधानको पहलमा लागि पर्नुपर्ने सबैलाई निवेदन गरिन्छ भनी माध्यमिक शिक्ष केन्द्रको शिक्षक सङगठनको तर्फबाट बताइएको छ। आजको भेटवार्तामा केन्द्रीय समितिको अध्यक्ष मनोजकुमार राई अनि महासचिव छत्र सिंह निरौला अनि सह सचिव रिमोद राई साथै सदस्य दिपेन तामाङ(रोहिणी) को पनि उपस्थिति रहेको थियो भनी जानकारी सङगठनको केन्द्रीय समिति सह सचिव रिमोद राईले दिएका छन्।