पाक्योङ जिल्लापालद्वारा दुई खेलाड़ी सम्मानित

IMG-20240107-WA0289.jpg

गान्तोक: पाक्योङ जिल्लाका जिल्लापाल टाशी छोपेलले आज पाक्योङका दुई उल्लेखनीय खेलाडीहरूलाई अभिनन्दन गरे। खेलाडीहरूले १०औं विश्व स्ट्रेन्थलिफ्टिङ र इन्लाइन बेन्च प्रेस च्याम्पियनसिप २०२३ मा भाग लिएका थिए। हैदरावादको लाल बहादुर शास्त्री स्टेडियममा १३ देशको सहभागिता रहेको प्रतिष्ठित प्रतियोगितामा सिक्किमले असाधारण सीप र समर्पण देखाएको थियो। ८० केजी तौल समूहमा जिल्ला अधिकारीका व्यक्तिगत सुरक्षा अधिकृत छेवाङ भोटियाले स्वर्ण पदक जितेका थिए। अर्को उत्कृष्ट उपलब्धि रिकिला भोटियाको रहेको थियो। उनले अत्यधिक प्रतिस्पर्धात्मक ५० केजी तौल समूहमा विजय भई कांस्य पदक प्राप्त गरिन्। त्यसैगरी यस कार्यक्रममा पूर्व म्याजिस्ट्रेटहरूलाई बिदाइ गर्दै नयाँ एसडीएमहरूको स्वागत पनि गर्‍यो। उल्लेखनीय खेलाडीहरूलाई उनीहरूको अतुलनीय समर्पण र कडा परिश्रमको लागि प्रशंसा गर्दै सम्मान गरेको थियो। जिल्ला प्रशासन पाक्योङले सबै पूर्व अधिकारीहरूलाई उनीहरूको सम्बन्धित कार्यकालभरि अटल समर्पण र असाधारण कार्यको लागि कृतज्ञता व्यक्त गर्दै आगामी कार्यकालको लागि शुभकामना व्यक्त गऱ्यो। कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हमु भोटिया, उपाध्यक्ष प्रभा प्रधान, सल्लाहकार इन्चुङ भुटिया, र अन्य अधिकारीहरु पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement