गेजिङ: पश्चिम सिक्किम गेजिङ जिल्लाको याङथाग निर्वाचन क्षेत्र अन्तर्गत ग्यवा जन कल्याण समाजको कार्यकारिणी समितिको दुई वर्ष समय अवधि पुरा भएपछि समाजको कानुन अनुसार पुरानो समिति विघठन गरि आज नयाँ कार्यकारिणी समिति गठन गरिएको जानकारी गराएको छ। समाज सञ्चालनको निम्ति नयाँ समितिमा सभापति डीपी शर्मा, उपसभापति नवीन गुरूङ, सचिव लोकनाथ कामी, कोषाध्यक्ष लाप्देन भोटिया, भण्डार प्रभारी कुमार तामाङ, सोनाम वोङ्यगेल भोटिया, करण दर्जीलाई मनोनित गरिएको समाजद्वारा जानकारी दिएको छ। यो समितिले तीन वर्षसम्म निरन्तर समाजको काम गर्ने छ। स्मरण रहोस यो जन कल्याण समाजले विशेषगरी सामाजिक क्षेत्रमा निरन्तर सेवा दिएर गैरसरकारी संस्थाको एउटा उदाहरण पेश गर्ने भएको छ। स्वच्छ भारत मिशनको अभियानलाई पनि आत्मसात गरि गाउँ घर दुर्गन्धमुक्त बनाउन प्लास्टिकरहित गाउँको निम्ति समय समयमा अभियान चलाइरहेको छ भने अन्य वृक्षरोपण, नेपाली भाषा मान्यता दिवस, भानु जयन्ती, स्वतन्त्रता दिवस जस्तो विभिन्न कार्यहरूमा पनि निरन्तर सेवाहरू दिँदै आइरहेको छ। समाजले अहिलेसम्म गरेको उपलब्धिहरूबारे जानकारी दिँदै नयाँ कार्यकारिणी समितिले समाजका अग्रजहरूले गरेको कामलाई निरन्तरता दिँदै अघि बढाउने वचन दिएका छन। नयाँ कार्यकारिणी समितिलाई समाजका सदस्यहरूले खदा लगाएर बधाईसँगै जिम्मेवारी हस्तान्तरण गरेको छ।








