गेजिङ: धार्मिक उत्पीडन र आत्म-अनुभूतिको अभावले समाजका युवाहरूमा धेरै निराशाहरू जन्मिरहेको छ। जुन सजिलै उन्मूलन हुन सकेन भने अझै विज्ञापन बनेर जाने छ, समाजमा बड्दो नकारात्मक प्रभाव, नशालुपदर्थ सेवनबाट युवाहरुलाइ टाडा राख्न अनि जस्तै वैश्विक महामारीमा अग्रिम पङ्तिमा रहेर काम गर्ने अवसरहरु प्राप्त होस्। देश समाज र रास्ट्रको निम्ति आफ्नो समय दिएर मनुष्यलोकबाट मोक्ष प्राप्ति गर्न साथै पितृमोक्षको कामना गर्दै मार्ताम युथ वेलफेयर सोसाइटीले आयोजना गरेको सप्ताहव्यापी श्रीमद्भागवत महापुराणको आज पाचौं दिनको कथा प्रवचन सम्पन्न भयो। गेजिङ जिल्लाको मार्ताम ग्राम प्रशासन केन्द्र परिसरमा सम्पन्न यस सप्ताह ब्यापी श्रीमद्भागवत महापुराण एक ऎतिहासिक बनेको छ। वर्तमान युवा जमातलाइ नकारात्मक सोच अनि लागुपदार्थ सेवनबाट पर राख्न र सबैभन्दा बडी वर्तमान युवाहरुमा आध्यात्मिकता ,भौतिता , अनि नैतिकताको मार्गदर्शन गराउने हेतुले आयोजना गरेको यस आध्यात्मिक कार्यक्रममा विशेष रुपले समाजका युवा जमातनै लागि परेको छन्।स्थानीय मानिसहरुको अथक प्रयासमा यो ऐतिहासीक धार्मिक अनुष्ठान सफलताका साथ वेदपाठ, चण्डीपाठ, रुद्रीपाठ अनि श्रीमद्भागवत महापुराण कथा गराइएको छ। बसन्त पार गरेको यस सोसाइटीले यस भन्दा अघि पनि धेरै समाजिक कार्यक्रमहरु गरिसकेको छ। हरेक क्षेत्रमा समाज सुधार र युवा जमातलाई सामाजिक क्षेत्रमा मार्गदर्शन गराउने समाजले यस वर्ष आध्यात्मिक कार्यक्रम गर्न सफल भएको पुराण आयोजक समितिका अध्यक्ष दुर्गा प्रसादले जानकारी गराएका छन्। गत तीन जनवरीदेखि गुरु पण्डित साथै भक्तहरुका साथ शोभायात्रा गरि उक्त कार्यक्रम शुरू भएको थियो। पुराण प्रवक्ता राधिका दासीले श्रीमद्भागवत महापुराणमाको कथालाई रसस्वाद गराउँदै भगवान् कृष्णको लीलाको प्रसंग उठाइन्।उनले वर्तमान समयमा आध्यात्मिक ज्ञानले मात्रै समाजका मानिसहरुले व्यक्तित्वको परिचय गराउन सकिने बताइन्। मनुष्य जिवनको निम्ति पौराणिक इतिहास एक माध्यम हो जसको स्रावण गरेर वर्तमान युवा जमातले कार्यन्वयनमा उतार्नुपर्ने भक्तहरुलाई बताएकी छन्। वर्तमान युवा जमात समाजिक सेवाबाट भग्दैछ सेवा र धर्म के हो भन्ने कुराबाट टाडिएर नशालु पदार्थ सेवन गर्न अनि एकान्त खोजेर भौतारिएको जमातलाई पौराणिक इतिहासको ज्ञानले सहि मार्गमा लाने जानकारी गराएकी छन्। साहित्य ,इतिहास , संस्कृति ,पहिचान गराउने आध्यात्मिक ज्ञानले मात्र समाजको विकास हुने उनले अवगत गराइन्। आजको पाँचौ दिनको कार्यक्रममा भगवान कृष्णको जन्मोत्सवका साथ दैविक झाँकीहरु भगवानको लिलामा प्रस्तुत गराएर भक्तहरुलाई आनन्द दिलाइए थियो।