खैबर पाख्तुनख्वामा आतंकवादी आक्रमण

Pakistan

पाकिस्तानको खैबर–पाख्तुनख्वा प्रान्तमा आइतबार अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ। बन्दुकधारीले दुईवटा गाडीमा गोली प्रहार गर्दा २ जना सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको हो। घटनामा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी अधिकारी (डीपीओ) मुहम्मद इमरानले पाराचिनारबाट पेशावर जाने बाटोमा स्वचालित हतियारसहित आक्रमणकारीले दुईवटा गाडीलाई निसाना बनाएको बताए। खुर्रम जिल्लाको सड्डा बजार नजिक भएको आक्रमणमा मारिनेमा दुई सुरक्षाकर्मी पनि छन्। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको पाराचिनार जिल्ला अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. कैसर अब्बासले बताए। अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यो क्षेत्र सुन्नी र शियाहरू बीचको साम्प्रदायिक द्वन्द्वका लागि परिचित छ। गत महिना, गिलगिट–बलुचिस्तानको चिलासमा एक यात्रु बसमा आतंकवादी हमलामा नौ जनाको मृत्यु भएको थियो र अन्य २५ जना घाइते भएका थिए। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *