कोलकता: राज्यका मन्त्री पार्थ चटर्जीले आज भुवनेश्वरबाट कोलकता फर्केरपछि तृणमूल सुप्रिमो ममता ब्यानर्जीको कुराहरूमा सहमति व्यक्त गर्दै भने, यदि ममाथि लगाइएको आरोपहरू प्रमाणित भए जीवनभरि सजायको निम्ति तयार छु भने। उल्लेख्य, सोमवार मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी थिइन्, ‘यदि पार्थ चटर्जीमाथि लागेको आरोप प्रमाणित भए जीवनभरिको सजाय दिइयोस्, मलाई कुनै आपत्ति छैन’। यहीबारे जब उनीसित सोधियो, तब चटर्जीले भने, ‘दिदीले ठीक भनिन्। यदि ममाथि लगाइएको आरोप प्रमाणित भए म आजीवन सजाय भोग्नका लागि तयार छु’।
ईडीका अधिकारीले पार्थलाई सीजीओ कम्प्लेक्स स्थित क्षेत्रीय मुख्यालयमा लगेर सोधपुछ गरिरहेका छन्। उनको साथ उनकी सहयोगी अर्पिता मुखर्जी पनि छिन्। दुवैलाई मुखा-मुखी बसाएर सोधपुछ शुरू गरिएको छ। अर्पिताको घरबाट उद्धार भएको २१ करोड़ नगद, ७९ लाख आभूषण, विदेशी मुद्रा र सम्पत्तिको दस्तावेजहरूबारे दुवैसित सोधिन्दैछ। खास कुरा के छ भने गत एक दशकदेखि पार्थ र अर्पिताले मिलेर पार्टनशिपमा सम्पत्ति किनिरहेका थिए, यसैले शिक्षक नियुक्ति भ्रष्टाचारको निम्ति घूसको रूपमा लिइएको राशिलाई अर्पिताको माध्यमले खर्चा गरिएको दाबी गरिएको छ। दुवैको बयान रेकर्ड गरिन्दैछ।