नन्दीग्राममा शहीद दिवसमा भाजपा तृणमूलबीच गतिरोध

Rajya-Samachar-1

कोलकाताः नन्दीग्राममा भूमि आन्दोलनमा मारिएका मानिसहरूको सम्झनामा हरेक साल मनाइने शहीद दिवसको अवसरमा आइतवार तृणमूल र भारतीय जनता पार्टीबीच गतिरोध देख्न पाइयो। यस अवसरमा शहीद बेदीमा पुष्पाञ्जलि अर्पित गर्न पुगेका तृणमूल नेता कुणाल घोषले भाजपा विधायक एवं विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीमाथि कटाक्ष गरे।

आइतवार बिहान तृणमूलले सर्वप्रथम नन्दीग्राममा कार्यक्रम गऱ्यो। यसमा तृणमूलका प्रवक्ता कुणाल घोष उपस्थित थिए। उनले भने, बंगाल शान्तिप्रिय राज्य हो। भाजपाको इशारामा यहाँ हिंसाको छिटपुट घटनाहरू हुँदै आइरहेछ। यसको निम्ति शुभेन्दु जिम्मेवार हुन्। भाजपालाई शहीदहरूलाई याद गर्ने कुनै अधिकार छैन।

अर्कोतिर, भाजपाको तर्फबाट शहीदहरूलाई श्रद्धाञ्जली दिन पुगेका शुभेन्दु अधिकारीले तृणमूलमाथि हमला गर्दै भने, राज्यमा अराजकता चलिरहेछ। पुलिस तृणमूलको दास बनेको छ, जसले तृणमूलका नेताहरूलाई बचाउन सदैव सक्रिय रहन्छ। म राज्यपालसित राज्यमा पुलिस स्टेशनहरूलाई चिह्नित गरी र धारा ३५५ लागू गर्ने अनुरोध गर्नेछु।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *