सिलगढ़ीः प्रधाननगर थाना पुलिसले सिलगढ़ी जंक्शनस्थित एनबीएसटीसी बस स्ट्याण्डभित्रबाट आइतवार एक अज्ञात वृद्धको शवलाई आफ्नो कब्जामा लियो।
स्थानीय मानिसहरूले बिहान बस स्ट्याण्डभित्र एक वृद्धलाई देखे। एनबीएसटीसी बस स्ट्याण्ड प्रबन्धनलाई यसको सूचना दिइय़ो। सूचना पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुग्यो र वृद्धलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिस मृतकको पहिचान गर्नमा जुटेको छ। स्थानीय मानिसहरूको भनाई छ, उक्त वृद्ध तीन चार दिनदेखि एनबीएसटीसी बस स्ट्याण्डमै बसिरहेको थियो। सम्भवतः धेरै चिसो हुँदा उसको मृत्यु भएको हो।