बीएसएफले पशु तस्करीको आरोपमा दश भारतीयलाई समायो

Rajya-Samachar-2

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत २७६ औँ बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बीओपी फुलबारीका सीमा जवानहरूले भैँसी लोड गरिएको ट्रकको साथ १० भारतीय नागरिकहरूलाई समाएको छ। पक्रा परेका भारतीयहरूको नाम सनवर शेख (३४), नूरनोबी मण्डल (२८), गुलजार अली (२७), अब्दुल बछेर तरफदार (३८), यूसुफ अली (४२), अबू सलाम प्रमाणिक (४४), अब्दुल बारेक तरफदार (४५), सोहिदुर हुसैन (४०), महिरुद्दीन शेख (३५) र अनवर हुसैन (२७) बताइएको छ।

प्राप्त जानकारी अनुसार, बीएसएफलाई एउटा ट्रक वैध दस्तावेजहरू बिना भैँसी लिएर असमदेखि बांग्लादेश गइरहेको सूचना प्राप्त भयो। जसपछि १७६औँ बटालियनका सीमा जवानहरूले फुलबारी एनएच-३१ स्पेशल एम्बुश लगाए। जसपछि ट्रकलाई फुलबारी टोल नाका नजिक बीएसएफले रोक्यो। बीएसएफले चालकलाई ट्रक र भैँसीसित सम्बन्धिक दस्तावेज पेश गर्नलाई भन्यो तर वाहन चालकले कुनैपनि दस्तावेज पेश गर्नसकेन। जसपछि जवानहरूले १० जनालाई पशुको साथ समायो। पक्रा परेका सबै भारतीय नागरिकहरूलाई एनजेपी थानालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement