बङ्लादेशको चुनावी हिंसालाई मध्यनजर गर्दै सीमामा बीएसएफले बढ़ायो गश्ती

Rajya-Samachar-1

कोलकाताः छिमेकी मुलुक बङ्गलादेशको चुनावी हिंसालाई मध्यनजर गर्दै भारत-बङ्गलादेश अन्तरराष्ट्रिय सीमामा सीमा सुरक्षा बल (बीएसएफ)-ले गश्ती बढ़ाएको छ। बङ्गलादेशसित गाँसिएको सीमामा सुरक्षा व्यवस्था कठोर बनाउने केन्द्रिय गृह मन्त्रालयको निर्देश पश्चात उक्त कदम उठाइएको हो।

बीएसएफको दक्षिण बङ्गाल फ्रण्टियरका एकजना वरिष्ठ अधिकारीले आइतवार बताए, भारत-बङ्गलादेश सीमामा तैनाथ बीएसएफ टीमलाई अधिक सतर्क रहने निर्देश दिइएको छ। सीमावर्ती क्षेत्रमा गश्ती पनि बढ़ाइएको छ ताकि कुनै पनि प्रकारको अवैध अनुप्रवेशलाई रोक्न सकियोस्। उनले बताए, बङ्गलादेश बोर्डर गार्ड्स (बीजीबी)-सित मिलेर समन्वय वैठक गरिएको छ। बीजीबीको इनपुट अनुसार भारतीय सीमामा बीएसएफले अतिरिक्त सतर्कता अप्नाइरहेको छ। डीआईजी ऱ्याङ्कका एकजना अधिकारीले बताए, चुनाउपछि सीमामा ठूलो संख्यामा अनुप्रवेश हुने सम्भावना रहन्छ। यसपालिको चुनाउमा त्यहाँ भइरहेको हिंसाले गर्दा झन् यसको सम्भावना बढ़ेर गएको छ। पश्चिम बङ्गालसित टाँसिएको भारत-बङ्गलादेश सीमामा बिहानदेखिकै व्यापक मात्रामा मानिसहरूको भीड़ जुटेको छ जो अनुप्रवेश गर्ने दाउमा थिए। तर बीएसएफले अतिरिक्त सतर्कता अप्नाएको छ। बङ्गलादेशमा आज आम चुनाउको लागि मतदान भइरहेको छ। केही मतदान केन्द्रहरूमा आगलागी, तोड़फोड़, लट्ठीचार्ज तथा फायरिङ्गका घटनाहरू भएका छन्। निरन्तर चौथो कार्यकालको लागि उत्सुक बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतवार १२औं आम चुनाउको लागि ढाका सिटी कलेज मतदान केन्द्रमा आफ्नो मतदान गरिन्। विपक्षी बीएनपीले चुनाउ बहिष्कार गरिरहेको छ, यसैलै हसिनाको सत्ता यथावत रहने लगभग निश्चित मानिएको छ।

अवामी लीगकी अध्यक्ष हसिनाले आफ्नी छोरी साइमा वाजेद, बहिनी शेख रेहाना औ भतिज रादवान मुजिब सिद्दीकीको साथमा बिहान लगभग ८ बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिन्। ढाका-१० निर्वाचन क्षेत्रकी मतदाता हसिनाले गोपजगञ्ज-३ निर्वाचन क्षेत्रबाट चुनाउ लड़िरहेकी छन्। ४२ हजारभन्दा अधिक मतदान केन्द्रहरूमा स्थानीय समयानुसार बिहान ८ बजेदेखि मतदान शुरू भएर साँझ ४ बजेसम्म जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement