खरसाङ: भोलि २७ जुलाईमा हुने शहीद दिवस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा शहीद स्मारक स्मृति दिवस आयोजक समिति गठन गरेर पालन गरिने भएको छ। यसपाली सबै समष्टीहरूमा नै शहीद दिवस कार्यक्रम पालन गर्ने भएकोले खरसाङमा दुईवटा समष्टिहरूलाई लिएर आयोजना गरिने भएको छ। उक्त शहीद दिवस कार्यक्रम खरसाङको खरसाङ देवराली समष्टि र खरसाङ गिध्द पहाड़ समष्टिहरूलाई लिएर गरिने भएको छ भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित हुने भएको छ। खरसाङमा भोलि हुने कार्यक्रम विषयमा शहीद दिवस समारोह समितिको संयोजिका अनु प्रधान, मुख्य सल्लाहकारद्वय आशा मुखिया लामा र उषाकिरण तामाङले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्। यस विषयमा आशा मुखिया लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै यसपाली खरसाङमा शहीद स्मृति दिवसको रूपमा पालन गर्ने जानकारी गराउँदै कार्यक्रम अनुसार बिहान ६.३० बजेदेखि शहीद म्याराथन खरसाङको रेलवे स्टेशनबाट शुरु हुने अनि यो म्याराथनमा बिहान जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा उपस्थित हुने अनि यो म्याराथन दार्जिलिङको भानु भवनमा पुगेर समापन हुने बताएकी छन्। उनले बताए अनुसार सहीद स्मृति दिवस खरसाङको नयाँ बजारस्थित दुर्बीन डाँड़ामा रहेको शहीद वेदीमा हुने तथा नयाँ बजारस्थित सार्वजनिक भवनमा रक्तदान शिविर पनि आयोजना गरिने भएको जानकारी गराएका छन्। आशा मुखिया लामाले खरसाङ महकुमा अन्तर्गत ६६ जना शहीदहरू रहेको र भोलि २८ र २९ नम्बर समष्टिलाई लिएर मात्र कार्यक्रम गरिएकोले भोलिको कार्यक्रममा १२ जना शहीदहरूका परिवारहरूलाई सम्मान गर्ने भएको पनि बताइन्।
बताएका छन्।