विभिन्न पार्टी त्यागेर माङ्साबोङका १३ जना एसकेएममा सामेल

Rajya-Samachar-2

गान्तोक: योक्सम टाशीडिङ समष्टि अन्तर्गत माङ्गसाबोङमा आज एसकेएम पार्टीको जनता भेट एवं समावेशी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समाजसेवी विकास गोले, एसकेएम युवा प्रकोष्ठ पश्चिम सिक्किमका महासचिव दिपेन हाङ सुब्बा, सरकारी ठीकादार नवाङ ग्याछो भोटिया, पञ्चायत धनमाया लिम्बू, एसकेएम युवा प्रकोष्ठ समष्टि समितिका समन्वयक बुद्धराज सुब्बा, वार्ड स्तरीय समितिका अध्यक्ष नरेन्द्र छेत्री, उपाध्यक्ष मंगलहाङ सुब्बा लगायत पार्टीका अन्य कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

आजको कार्यक्रममा विभिन्न पार्टी त्यागेर क्षेत्रका १३ जनाले समाजसेवी विकास गोले लगायत अन्यको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गर्दै आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएको बताइएको छ। कार्यक्रममा मोनुहाङ लिम्बू, अभिगेल लिम्बू, बुद्धसिंह लिम्बू, मंगलबीर लिम्बू, जयन्ती लिम्बू, मनकुमार लिम्बू, आइतलाल लिम्बू, आइतमान लिम्बू, सिबिलाल लिम्बू, शुकरानी लिम्बू, सञ्चमाया लिम्बू, पूजा लिम्बू अनि सञ्चलाल लिम्बू आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement