कूचबिहार: दिनहाटा तृणमूल कङग्रेसको बुथ अध्यक्षको शव हिज राति उद्धार भएकोले क्षेत्रमा सनसनी फैलेको छ। मृत तृणमूल नेता फटिक मण्डलको शव दिनहाटा एक नम्बर खण्डको दिनहाटा-२ ग्राम पञ्चायत द्वितीय खण्डको भंगनी गाउँको एउटा बारीबाट उद्धार गरिएको छ। अहिले शवलाई पोस्टमार्टमको निम्ति पठाएर छ। दिनहाटा पुलिस घटनाको जाँचमा जुटेको छ।
स्थानीय सूत्रअनुसार, हिज अबेर राति शनेर अखरा स्कूलसित लागेको क्षेत्रमा एक कृषि भूमिमा फटिक मण्डललाई अचेत अवस्थामा पाइयो। स्थानीय मानिसहरूले उनलाई दिनहाटा महकुमा अस्पताल पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। पछि दिनहाटा थाना पुलिस पुग्यो औं शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।
स्थानीय तृणमूल कांग्रेस नेता सन्तोष बर्मनले भने, ‘फटिकले लामो समयसम्म बूथ अध्यक्षको जिम्मा सम्हालेको छ। उनको निधनले संगठनलाई अपूर्णीय क्षति पुगेको छ। पुसिलले उसको मृत्यु कसरी भयो यसको जाँच गरोस्’।