वीरपाडा : स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको पूर्णाङ्ग सालिक अनावरण आज लङ्कापाडा चियाबारीस्थित सुकुन्टी लाइन दुर्गा मल्ल चौकमा विधिवत रुपमा गरियो । वरिष्ठ शिक्षक तथा समाजसचेतक अनुप कुमार शर्माको बाहुलीबाट स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण गरे भने यस अवसरमा वरिष्ठ शिक्षक तथा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, मूल सचिव रबिन खवास, मदरीहाट विधायक मनोज तिग्गा,साहित्यकार कथाकार अबिर खालिङ, आशबहादुर लिम्बु, समाजसेवी लक्षुमन लिम्बु, सि बी प्रधान, सुबास मुखिया, पासाङ लामा, राजु प्रधान, डुवर्स नेपाली साहित्य सभाका अध्यक्ष देवेन विश्वकर्मा, मुलसचिव किरण उपाध्याय, कार्यकारी अध्यक्ष उमेश प्रधान,दिलीप शर्मा घिमिरे, राजा लामा, सुभाष छेत्री, दुर्गा गुरुङ एवम् अन्यान्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले गरेका थिए । प्रथमत समारोह मञ्चमा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको प्रतिकृतिमा धूपदीप प्रज्वलन पश्चात शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण गरिएको थियो । अनावरण पछि विशिष्ट अतिथि शिक्षक तथा समाज सचेतक कृष्णबहादुर श्रेष्ठद्वारा उक्त ठाउँको नाम दुर्गा मल्ल चौकको नाम अब देखि प्रयोगमा ल्याउने अपील गरे।

कार्यक्रमलाई अघि बढाउन अधि स्वागत सम्भाषण सल्लाहकार विक्रम थापा अनि स्वागत नृत्य बाल कल्याण एकाडेमीले प्रस्तुत गरेका थिए । युवा कवि किरण उपाध्यायद्वारा स्वतन्त्रता सङ्ग्रामी शहीद मेजर दुर्गा मल्लको स्वतन्त्र आन्दोलनमा गरेको योगदान सन्दर्भमा मेजर दुर्गा मल्ल एक सच्चा देशभक्त थिए। उनको देश भक्ति गीतहरूले त्यसताक युवाहरूलाई एक सूत्रमा बाँधेका थिए। शहीद मेजर दुर्गा मल्ल हाम्रा गोर्खा जातिको मात्र नभएर समस्त भारतवासीको सच्चा स्वतन्त्रता सेनानी थिए। यसरी नै वक्तव्यको क्रममा मुख्य अतिथि समाज सचेतक अनुपकुमार शर्माले शहीद मेजर दुर्गा मल्लको देशप्रतिको योगदानमाथि प्रकाश पार्दै एक सच्चा गोर्खा देशभक्त बताए । गोर्खाहरूलाई राष्ट्रिय स्तरमा चिनाउन पहल गर्नु पर्ने समय आएको बताए। आजको दिन सम्पूर्ण गोर्खा जातिले गर्व गर्ने दिन रहेको बताए । स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको सालिग स्थापनाले लंकापाडामा छुट्टै इतिहास बोक्ने छ । अब गोर्खाको इतिहास पढाउनु पर्छ । शिक्षक सुनिल दर्नालद्वारा सञ्चालित समारोहमा कार्यक्रममा सालिग निर्माण समितिका अध्यक्ष जुगेश राईले सालिग निर्माण कार्यमा भएको संघर्ष बारे बताए साथै सबै प्रति कृतज्ञता प्रकट गरे भने अन्त्यतिर अध्यक्षिय वक्तव्यको क्रममा समारोह अध्यक्ष कृष्णबहादुर श्रेष्ठले आज ऐतिहासिक महान कार्य भएको बताए। अब देशले गोर्खा जातिको इतिहास, देश स्वतन्त्र आन्दोलनमा गोर्खाको योगदानलाई मूल्याङ्कन गर्ने आएको बताए । शहीद मेजर दुर्गा मल्लको योगदानको कदर स्वरुप संक्षिप्त विवरण राख्दै समारोह समापनको घोषणा गरेका थिए । अनावरण समारोहमा स्थानीय तथा अतिथि कलाकारहरूद्वारा नृत्य साथै पेनवुड एकाडेमी वीर पाडाका स्कूल ब्यान्डद्वारा सुन्दर प्रस्तुती दिएका थिए। समारोहमा विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्ति, संघ संस्थाहरूलाई सम्वर्द्धना जनाएका थिए।








