दार्जीलिङ: हाम्रो पार्टी मिरिक महकुमा समितिले संगठनलाई अझ दह्रिलो बनाउने संकल्प लिएका छनि। हाम्रो पार्टी मिरिक महकुमा समितिको कार्यालयमा आज मिरिक ब्राञ्च कमिटी अध्यक्ष प्रशान्त लामाको अध्यक्षतामा एक सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टी मिरिक महकुमा समितिको नेतृत्व एंव कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। दुई घण्टाभन्दा लामो समयसम्म चलेको सभाले संठनलाई अझ दह्रिलो बनाउने निर्णय लिएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस् पहाडको कुना काप्चाहरूदेखि लिएर शहर, चिया बगान, सिन्कोना बगान साथै बस्ती आदि क्षेत्रहरूमा हाम्रो पार्टीको संगठन विस्तार र हाम्रो पार्टीमा सामेल हुनेहरूको घुइचो लागेको दाबी पार्टीले विज्ञप्ति जारी गरेर गरेका छन्।








