खरसाङ: आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको उदघाटनको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरि घर घरमा दियो बालेर दिवाली मनाउने आह्वानलाई राम जन्मोत्सव समिति खरसाङका युवाहरूले पनि साथ दिन्दै निमन्त्रणा दिएका छन्। राम जन्मोत्सव समिति खरसाङका युवाहरू चन्दन प्रसाद, बिनय प्रसाद र रमेश प्रसादको अगुवाईमा युवाहरूले राम मन्दिर उदघाटनको अवसरमा खरसाङ बजारमा घुमेर सबैलाई निमन्त्रणा वितरण गरेका छन्। उनीहरूले निमन्त्रणा पत्रसितै राम मन्दिरको फोटो, अयोध्याबाट ल्याइएको पुजित अक्षता निम्तोको रूपमा बाढ़ेका छन्। युवाहरूले निम्तोसितै आगामी २२ जनवरीको दिन राम मन्दिरको उदघाटन भएको दिन सबैले दियो बालेर राम जन्मोत्सवको दिवाली मनाईदिने अनुरोध पनि गरेका छन्।

यस अवसरमा बोल्दै चन्दन प्रसादले भने, हामीले आगामी २२ जनवरीको दिन अयोध्यामा हुने राम मन्दिरको उदघाटन विषयमा खरसाङ विधान सभा समष्टीको विभिन्न क्षेत्रहरूमा निमन्त्रणासहित दियो बालेर दिवाली मनाउने अनुरोध गरेका छौं र आज हामी खरसाङ बजार क्षेत्रमा निमन्त्रणाको लागि घुमेका छौं। मानिसहरू राम मन्दिरको उदघाटनलाई लिएर उत्साही छन्।’

चन्दन प्रसादले बताए अनुसार २२ जनवरीको दिन खरसाङको नयाँ बजारस्थित जगदीश मन्दिरमा बिहान ११ बजेदेखि पूजा हुने र साँझ ५ बजेदेखि घर घरमा दियो बालेर राम जन्मोत्सवको दिवाली मनाईदिने आह्वान् पम़नि गरेका छन्।








