युवा कलाकारहरूलाई लिएर ‘हाम्रो कला घर’ नामक संस्था गठन

IMG-20240107-WA0261.jpg

खरसाङ: अहिलेका स्थानीय युवा कलाकारहरूलाई लिएर कलाकारहरूको संगठन ‘हाम्रो कला घर’ नामक संस्था गठन गरिएको छ। उक्त संस्था गठनको लागि म्युजिक लभर्सको सभा अभिषेक सुब्बाको अध्यक्षता र परम थापाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा पहाड़का युवा कलाकारहरू उपस्थित भएर संस्था गठन विषयमा चर्चा परिचर्चा गरेका थिए। सभामा कलाकारहरू क्रमैले युवा गायक प्रणय गुरुङ र पूजन राई, युवा गायिका बैशाली लामा, प्रयास राई, बिराट लिम्बु आदिले वक्तव्य राख्दै संस्थाको गठन र नामकरण विषयमा सुझावहरू राखेका थिए। युवा कलकाराहरू र नव प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने र आफ्नै क्षेत्रमा सांगीतिक कार्यक्रमहरू गरेर नव प्रतिभाशाली कलाकारहरूलाई मञ्च प्रदान गर्ने उद्देश्य राखेर युवा कलाकारहरूका साझा मञ्च गठन विषयमा चर्चा परिचर्चा गरियो। सभामा सबैले संस्थाको नाम विषयमा विभिन्न सुझावहरू राखेपछि अन्त्यमा सर्वसहमतिद्वारा संस्थाको नाम युवा कलाकारहरूको साझा मञ्च ‘हाम्रो कला घर’ भनेर नामकरण गरिएको छ। उक्त सभामा नै हाम्रो कला घरको लागि कार्यकारी कमिटी पनि गठन गरिएको छ। उक्त कमिटीमा सभापति रञ्जिता सुनार, उप सभापति शिबु गहतराज, सचिव परम थापा, सह सचिव ममता थापा, कोषाध्यक्षा बैशाली लामा, सह कोषाध्यक्षा निशिका सुब्बा, प्रचार प्रसार सचिव अभिषेक सुब्बा, कार्यकारी सदस्यहरूमा प्रणय गुरुङ, पुजन राई, प्रयास राई, बिराट लिम्बु, प्रतिमा राई लगायत अन्यहरू चयन भएका छन्। सभामा नव कलाकारहरूलाई प्रोत्साहन गर्न मञ्च प्रदान गर्ने र हाम्रो कला घर संस्थालाई पञ्जीकरण गर्ने विषयमा पनि चर्चा गरिएको छ। यस संस्थाले प्रत्येक सदस्यबाट मासिक रूपमा १०० रूपियाँ संकलन गर्ने अनि नयाँ सदस्यलाई 500 रूपियाँ संकलन गर्ने निर्णय लिएको छ। त्यसरी नै संस्थाले भविष्यमा कार्यक्रम आयोजना गर्ने र आगामी मार्च महिनामा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ भनी गायक प्रणय गुरुङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement