ब्राजिलका महान फुटबलर मारियो जागालोको निधन

Untitled-1-copy-11

खेलाडीका रूपमा दुई र प्रशिक्षक र सहायक प्रशिक्षकका रूपमा एक–एक विश्वकपको उपाधि जितेका ब्राजिलियन फुटबलर मारियो जागालोको निधन भएको छ। उहाँ ९२ वर्षका हुनुहुन्थ्यो। जगालो खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने पहिलो व्यक्ति थिए। ब्राजिलियन फुटबल कन्फेडेरेसनका अध्यक्ष एडमन्डो रोड्रिग्सले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै जगालोको मृत्यु भएको पुष्टि गरेका छन्। उनले जगालोलाई फुटबलका सबै समयका उत्कृष्ट खेलाडीमध्ये एकको रूपमा वर्णन गरे।

१९५८ र १९६२ मा विश्वकपको उपाधि जित्दा जगालो ब्राजिलका स्ट्राइकर थिए। यसपछि सन् १९७० मा ब्राजिलले फाइनलमा इटालीलाई ४–१ ले हराएर तेस्रो पटक विश्वकप जित्दा जगालो त्यसका प्रशिक्षक थिए। जगालो सन् १९९४ को विश्वकपमा ब्राजिलियन टोलीका सहायक प्रशिक्षक थिए। त्यसपछि फाइनलमा इटालीलाई हराउँदै ब्राजिलले उपाधि जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement