जलपाइगढीः विद्यार्थी सप्ताहको उपलक्ष्यमा जलपाईगढी सरकारी इन्जिनियरिङ कलेजमा चित्रकला प्रतियोगिता सहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न विधामा सहभागिता जनाएका थिए। साथै विभिन्न विद्यालयका विद्यार्थीहरू जलपाइगढी सरकारी इन्जिनियरिङ कलेज हेर्न र जान्न कलेजको शैक्षिक भ्रमणमा छन्।
कलेजका प्राध्यापक चिन्मय घोषले कलेजमा जनवरी २ देखि ८ सम्म विद्यार्थी सप्ताहको आयोजना गरिएको जानकारी दिए। आज चित्रकला प्रतियोगिता भएको थियो। यस चित्रकला प्रतियोगितामा उत्तर बंगालका विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ कलेज र कलेजको वातावरणबारे जानकारी गराउन चाहन्छौं, जसले गर्दा इन्जिनियरिङ अध्ययनप्रति उनीहरूको रुचि बढ्ने उनको भनाइ थियो। सोही कारण विद्यालयका विद्यार्थीलाई कलेजका विभिन्न कार्यक्रममा सहभागी हुन अनुमति दिइएको छ।








