केन्द्रियमन्त्री स्मृति ईरानी १० जनवरी बिहार भ्रमणमा

IMG-20240107-WA0259.jpg

पटना: लोकसभा चुनाउ २०२४ को लागि बिहारका भाजपा नेताहरूलाई अझ बढ़ी प्रशिक्षित गरिनेछ। यस सिलसिलामा अब केन्द्रियमन्त्री स्मृति ईरानी आगामी १० जनवरीका दिन पटना आइरहेकी छन्। उनी पटनामा आयोजना हुने भाजपाको मीडिया कार्यशाला कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्।

वास्तवमा लोकसभा चुनाउपूर्व भाजपा आफ्ना स्थानीय नेताहरूलाई हरेक किसिमको पाठ सिकाउन चाहन्छ। यसमा मीडिया समक्ष कसरी प्रस्तुत हुनु, केन्द्र सरकारका योजनाहरूलाई कसरी प्रभावशाली ढङ्गमा पेश गर्नु, भाजपासित आम मानिसहरूलाई कसरी जोड़्नु आदि विषयहरू सामेल छन्। यी विषयहरूमा उक्त कार्यशालामा महत्वपूर्ण सुझाउहरू दिइनसक्छ। भाजपा नेताहरूलाई स्मृति ईरानीले उपरोल्लेखित मुद्दाहरूमा अहम सुझाउ दिन सक्नेछन्।

यसबीच आगामी १३ जनवरीको दिन प्रधानमन्त्री नरेन्द्र मोदीको बिहार आउने कार्यक्रम रहेको छ। साथै लोकसभा चुनाउलाई केन्द्र गरेर अमित शाह र जेपी नड्डाको पनि बिहारका धेरैवटा जिल्लाहरूमा जनसभाहरू आयोजना हुनुछ। यस किसिमका कार्यक्रमहरूबीच अब स्मृति ईरानी आउने समाचारलाई पनि लोकसभाको चुनावी अभियानको एक भाग मानिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement