खरसाङ: खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फबल टुर्नामेन्टको उपाधि हिमालयन एफसीले जितेको छ। आज सम्पन्न फाइनल खेल स्थानीय चानमारी खेल मैदान खरसाङमा हिमालयन एफसी र गर्ल्स फुटबल अकदामी राजा भातखवामाझ खेलियो। आजको फाइनल खेलमा मुख्य अतिथिको रूपमा खरसाङ महकुमा शासक आईएएस अबोध सिङ्गल उपस्थित थिए भने विशिष्ट अतिथिमा खरसाङ खण्ड विकाश अधिकारी कौशिक चक्रवर्ती, खरसाङ पुलिस थाना प्रभारी नबेन्दु सरकार, चानमारी आर्मी युनिट्का सुबेदार एसके सलिम, प्रतीक्षा प्रधान, प्रवेश प्रधान, भूतपूर्व रेफरी धुर्ब प्रधान, भूतपूर्व खेलाडी धुर्ब बराईली, समाज सेवक फिरोज अख्तर अनि अन्य उपस्थित रहेका थिए। खेलको मध्यान्तरमा खरसाङ फुटबल एसोसिएशनका सचिव सुदिप राईद्वारा धन्यवाद ज्ञापन गरियो।

आजको फाईनल खेलमा हिमालयन एफसीले गर्ल्स फुटबल एकादमी, डुवर्सलाई ० को विरुद्ध ४ गोल गरेर तेस्रो जिल्ला स्तरीय महिला फुटबल टुर्नामेन्टको उपाधि सजिलै जितेका थिए। यस खेलमा पण्डिमित लेप्चा अनि निभा कुनारी शर्माले २-२ गोल गरेर हिमालयन एफसीलाई तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको बिजेता बनाएका थिए। आजको सर्वश्रेष्ठ खेलाडी हिमालयन एफसीको शिवानी शर्मालाई प्लेयर अफ् द म्याचक पुरस्कार गरियो। टुर्नामेन्टको सर्वश्रेष्ठ गोलकिपर जे आर ३२ एफएका रेनुका भुटियालाई प्रदान गरियो भने नव उदयमान प्रतिभाशाली खेलाडी जे आर ३२ एफएकी प्रतिका राईलाई प्रदान गरियो। त्यसरी नै सर्वाधिक गोलदाताको रूपमा हिमालयन एफसीका पण्डिमित लेप्चा अनि डुवर्सका गिता उराँव चयन भएका छन्। दुवैले ५-५ गोल गरेका थिए। हिमालयन एफसीका प्रिया तामाङलाई प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी चयन गरियो।

फाईनलमा उपविजेता दललाई आर्मी युनिट्का सुबेदार एसके सलिमद्वारा ट्र्फी प्रदान गरियो भने बिजेता दल हिमालयन एफसी दललाई बिजेता ट्रफी खण्ड विकास अधिकारी कौशिक चक्रबर्तीको बाहुली बाटप्रदान गरियो। आजको फाईनल खेलमा मुख्य निर्णायकको रूरमा प्रतिक गुरुङ, सहायक निर्णायक प्रमोद प्रधान, सुरेन गुरुङ, फोर्थ अफिसियलमा दावा डोमा भोटिया अनि अर्बिन्द छेत्री रहेका थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी दिएका छन्।