सिलगढी मेट्रोपोलिटन पुलिसको “से नो टु ड्रग्स” अभियान जारी

879757bd-746c-4f96-a916-b56b590902f5

ठूलो परिमाणमा लागुऔषध, सुईसहित फेरि दुई जना पक्राउ

सिलगढीः सिलगढी मेट्रोपोलिटन पुलिस “से नो टु ड्रग्स” भन्ने नाराका साथ लागुऔषध विरुद्धको अभियान निरन्तर चलिरहेको छ। यो लागुऔषध विरोधी अभियान सिलगढी मेट्रोपोलिटन पुलिसका पूर्व पुलिस आयुक्त आईपीएस गौरव शर्माले शुरू गरेका थिए। उनको नेतृत्वमा सिलगढी मेट्रोपोलिटन पुलिसले सिलगढी सहरमा ठूलो मात्रामा लागुऔषधको कारोबार रोक्न निरन्तर अभियान चलायो। तत्कालीन पुलिस आयुक्त गौरव शर्माले लागुऔषध विरुद्धको अभियानमा प्रत्येक पुलिस थानामा पुलिस मात्र नभई विशेष अपरेसन ग्रुप र डिटेक्टिभ डिपार्टमेन्टलाई समेत प्रयोग गरेका थिए। यसपछि सिलगढी मेट्रोपोलिटन पुलिसले लगातार छापा मारेर ब्राउन सुगर, ग्यास, हेरोइन, लागूऔषध, कप सिरप, इन्जेक्सन बरामद गर्न थालेपछि एकपछि अर्को लागुऔषध कारोबारी पक्राउ पर्न थाले, जसका कारण लागुऔषध कारोबारीको कमर फुट्न थाल्यो। गौरव शर्माको विदापछि नयाँ पुलिस आयुक्त र वर्तमान पुलिस आयुक्तले पनि यो अभियानलाई निरन्तरता दिइरहेका छन्। उनको नेतृत्वमा सिलगढी सहरका विभिन्न थानाबाट दिनहुँ लागुऔषध बरामद भइरहेका छन्, लागुऔषध कारोबारी पक्राउ परेका छन्। लागुऔषध कारोबारलाई पूर्णरूपमा निर्मूल पार्न विशेष अपरेशन ग्रुप, पुलिस अनुसन्धान विभागलगायत प्रत्येक थानाका पुलिस सक्रिय छन्, यसै क्रममा शनिबार दिउँसो पनि लागुऔषध विरुद्धको अभियान चलाइएको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको नयाँ जलपाइगढी पुलिस स्टेशनले विशेष अपरेशन ग्रुपको साथमा विश्व बंगला शिल्पी हाट नजिकैको क्षेत्रमा छापा मारेको छ। यस कारबाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ। साथै दुई लागूऔषध कारोबारी पनि पक्राउ परेका छन्। स्पेशल अपरेशन ग्रुप र नयाँ जलपाइगढी थानाको पुलिस स्रोतका अनुसार गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा यो अपरेशन गरिएको हो। यस कारबाहीमा करिब छ सय थान नशालु सुई बरामद भएको छ। यस कारबाहीमा सन्दीप विश्वास र स्वरूप विश्वास नामका दुई युवालाई पक्राउ गरिएको थियो। पक्राउ परेकाहरू सिलगढी वार्ड नम्बर १२ र १४ नम्बरका बासिन्दा हुन्। नयाँ जलपाइगढी थानाको पुलिसले आरोपीहरूले यी लागूऔषध कहाँबाट आपूर्ति गर्दै थिए र कसलाई बेच्न ल्याइरहेका थिए भनेर अनुसन्धान शुरू गरेको छ। आरोपीलाई आइतबार जलपाइगढी अदालतमा पठाइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *