यी महिलाले आफ्नो देशको लागि पाँच दशक जासुसीमा बिताइन्

Detective-Female

उनी हुन् एक जना जासूस महिला जसले पाँच दशकसम्म आफ्नो देशको सेवा गरिन्l जासुसीमा विशेषज्ञ रहेकी यी महिला जासूस ९० वर्ष पुगेकी छिन्l उनले जासुसी कार्यमा यस्तो विशेषज्ञता हासिल गरिन्, सुरक्षा निकायलाई बारम्बार उनको आवश्यकता परेको थियो। उनलाई अवकाश लिन समेत रोक लगाइएको थियो। यो काम गर्दा सधैं खुशी पाएको उनको भनाइ छ। आफ्नो देशको सेवामा गरिने जासूसीको काम उनलाई कहिल्यै काम जस्तो लागेन। अहिले उनले आफ्नो कथा संसारलाई सुनाएकी छिन्। उनी इंग्ल्याण्डको सबैभन्दा लामो समयसम्म सेवा गर्ने जासूस महिला भएको बताइएको छ। उनको नाम बारबरा बताइएको छ। उनले इंग्ल्याण्डको गुप्तचर एजेन्सी एमआई ५ मा ५० वर्ष सेवा गरिन्।

डेली स्टारको रिपोर्टअनुसार बारबराको कथा सन् १९६८ देखि शरु हुन्छ। त्यतिबेला शीतयुद्ध चरम सीमामा थियो। त्यसतिबेला उनलाई गृह मन्त्रालयबाट नोकरीको प्रस्ताव आएको थियो। उनी भन्छिन्, ‘कामको प्रस्ताव आएपछि मलाई एमआई फाइभमा आबद्ध छु भनेर भनियो। मैले एमआई ५ को बारेमा कहिल्यै सुनेको थिइनँ, मलाई यसको अर्थ के हो थाहा पनि थिएन। चाँडै मलाई विदेशी गुप्तचर अनुसन्धान खण्डमा पोस्ट गरियो। मलाई शीतयुद्ध वा केजीबीको बारेमा केही थाहा थिएन, तर मैले चाँडै सबै कुरा सिकेँ।’ उनले १२ विभिन्न महानिर्देशकहरू अन्तर्गत विभिन्न विभागहरूमा काम गरिन्। १९९० मा सेवानिवृत्ति नजिक आइपुग्दा, बर्लिन पर्खाल भत्किँदा र सोभियत संघको अन्त्यको बेलामा, उनले शुरु गरेको ठाउँमा उनलाई फिर्ता पठाइयो। यद्यपि, सेवानिवृत्त हुनु अघि बारबरालाई सोधिएको थियो, उनले आफ्नो सेवानिवृत्ति छ महिनाको लागि स्थगित गर्न सक्छिन्। उनले अझै दुई वर्ष काम गर्नुपर्‍यो। त्यसपछि २००७ मा ९४ वर्षको उमेरमा, उनलाई एमआइ ५ को इतिहास खण्डमा काम गर्न भनियो। यहाँ बस्नुको कारण सोध्दा उनले भनिन्, ‘संस्थाले केही गराउन चाहन्छ भने म त्यहीँ बस्छु भन्ने लागेको थियो।’ आफ्नो लामो जासूसी करियर बारे बारबराले भनिन्, ‘मैले धेरै रमाइलो गरेको छु र धेरै कुरा सिकेको छु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *