सिक्किमबाट दोर्जी छिरिङ्ग लेप्चा बने भाजपाकाे राज्यसभा उम्मेदवार

photocollage_202417172144912.jpg

नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा)-ले सिक्किमबाट राज्यसभा उम्मेदवारको रूपमा दोर्जी छिरिङ्ग लेप्चाको नाम घोषणा गरेको छ। पहिला सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)- का सदस्य रहेका लेप्चा पछि भाजपामा सामेल भएका थिए।

उनी वर्ष २०१४ देखि २०१९ सम्म पवन चामलिङ सरकारमा लोक निर्माण (भवन एवं आवास) औ परिवहन मन्त्री थिए। लेप्चा वर्ष २०१४-२०१९ मा नाथाङ्ग माचोङ्ग निर्वाचन क्षेत्रबाट सिक्किम विधानसभाको लागि चुनिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement