ट्विन ट्यूब यूनिडाइरेक्शनल आइजोल बाईपास सुरूङ्गको लागि १३१३.२८ करोड़ स्वीकृत

659a1bf56c09e-twin-tube-uni-directional-aizawl-bypass-tunnel-file-photo-073515993-16x9.jpg

आइजोल: केन्द्र सरकारले मिजोरममा राष्ट्रिय राजमार्ग-६ को सैरङ्ग-फाइबाक खण्डमा २.१ किमी लामो सड़क सहित २.५ किमी लामो ट्विन ट्यूब यूनिडाइरेक्शनल आइजोल बाईपास सुरूङ्ग निर्माणको लागि १३१३.२८ करोड़ रुपियाँको धनराशिलाई स्वीकृति दिएको छ।

केन्द्रियमन्त्री नितिन गडकरीले सोशल मीडियामा भने- “मोठ ४.६० किमी लामो उक्त परियोजना आइजोल जिल्लामा प्याकेज-२ अन्तर्गत पर्दछ। यसका प्राथमिक उद्देश्यहरूमा एनएच-६ मा आइजोल शहरभित्र यातायातको भीड़लाई कमन गर्नु, शहरको सीमाभित्र सड़क सुरक्षा बढ़ाउनु, भारी निर्मित क्षेत्रहरूलाई किनारा लगाउनु आदि सामेल छन्।”

मन्त्रीले भने- “यस पहलको उद्देश्य शहरसित सम्बन्धित बाधाहरूदेखि मुक्ति, निर्बाध यातायात प्रवाह सुनिश्चित गर्नु रहेको छ जसकारण सैराङ्गदेखि फाइबकमाझको दूरत्व २२ किलोमीटर घट्नेछ अनि यात्राको समय १.५ घण्टा कम हुनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement