जापान भूकम्प: मृत्यु हुनेको संख्या १२६ पुग्यो

Watermark - 6

जापानमा ६ दिनअघि गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ। यो समाचार तयार पार्दासम्म विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ। राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन्। अल जजीराको रिपोर्टका अनुसार जापानले झण्डै आठ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ। भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन्। अधिकारीहरूले २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन्। नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७.६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको थियो।

वाजिमा शहरमा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको छ भने सुजुमा २३ जनाको मृत्यु भएको छ। प्रकोपको परिणाम स्वरूप ५०० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए, जसमध्ये कम्तीमा २७  गम्भीर घाइते भएका थिए। खराब मौसमका कारण हजारौं उद्धारकर्मीको काम अवरुद्ध भएको छ। रिपोर्टका अनुसार इशिकावा क्षेत्रका करिब २३ हजार ८०० घर बिजुली र ६६ हजार ४०० भन्दा बढी घर पानीविहीन छन्। ३१ हजार ४ सय भन्दा बढी मानिस ३५७ सरकारी आश्रयस्थलमा बसिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *