होटलमा देह व्यापार चलाएको आरोपमा ८ पक्राउ

IMG-20240107-WA0202.jpg

सिलगढी: प्रधान नगर थाना पुलिसले  सिलगढीको चम्पासरीस्थित एउटा होटलमा अभियान चलाएर देह व्यापारको पर्दाफास गरेको छ। घटनामा ८ जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार चम्पासरीस्थित एउटा होटलमा देह व्यापार चलाएको गोप्य सुइँको पाएपछि प्रधान नगर थाना पुलिसले अभियान चलाएर ८ जनालाई पक्राउ गरेको बताइएको छ। यसबाहेक ४ जना युवतीलाई पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement