गान्तोक: सिक्किम सरकारका कृषि बाग्वानी पशुपालन र श्रम विभाग मन्त्री लोकनाथ शर्माले आज गुवाहाटीमा आयोजित पशुधन तथा पोल्ट्री प्रदर्शन २०२४ को उद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा भाग लिए। असम राज्यका पशुपालन मन्त्री अतुल बोरा,सांसद सदस्य पवित्र मार्गेरिटा लगायत अन्य प्रतिनिधिहरू पनि सामेल थिए। मन्त्री शर्माले आफ्नो सम्बोधनमा आसाम सरकारलाई पशुधन र कुखुरा उत्पादनको क्षेत्रमा ठूलो उपलब्धिको लागि बधाई दिए। सिक्किम पनि आत्मनिर्भरमा विश्वास गर्दछ र एसकेएम सरकारले यो छोटो अवधिमा धेरै उपलब्धि हासिल गरेको बताउँदै सिक्किमको ग्रामीण पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने कृषि पर्यटनलाई पनि प्रोत्साहित गरे। उनले सिक्किम सरकारले पशुपालन र “पशुधन भविष्य हो र भविष्य पशुपालन र पशुधन हो” भन्ने नाराका साथ पशुधनमा काम गरिरहेको पनि अवगत गराए।










