२२ जनवरीदेखि माध्यमिक परीक्षार्थीहरूले एडमिट कार्ड पाउने

Rajya-Samachar

कोलकाताः यस साल माध्यमिक परीक्षार्थीहरूलाई एडमिट कार्ड दिने मितिको घोषणा बोर्डको तर्फबाट गरिएको छ। पश्चिमबंग मध्यशिक्षा पर्षद अनुसार २२ जनवरीमा बिहान ११ बजीदेखि साझँ ५ बजीसम्म स्कूलहरूको प्रतिनिधि बोर्डका विभिन्न क्याम्प कार्यालयहरूबाट प्रवेश पत्र प्राप्त गर्नसक्नेछन् जबकि छात्रले २४ जनवरीदेखि आफ्नो स्कूलबाट एडमिट कार्ड प्राप्त गर्नसक्नेछऩ्।

बोर्ड सूत्रहरू अनुसार, यदि एडमिट कार्डमा कुनै गलती छ भने त्यसलाई २९ जनवरीसम्म सुधार गर्नपर्नेछ। जुन स्कूलले बोर्डद्वारा निर्धारित आगामी १० मितिभित्र एडमिट कार्डको निम्ति अभ्यर्थीहरूको रजिस्ट्रेशन गराउनेछैन, उसलाई परीक्षामा बस्ने अनुमति दिइनेछैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement