कोलकातामा सीटीएमएले मेगा केबल टीभी शो २०२४ प्रदर्शनीको साथ रजत वर्ष मनाउने

CTMA-Pic

कोलकाता: कोलकाताको २५औँ मेगा प्रदर्शनी केबल टीभी शो २०२४, भारत र सार्क क्षेत्रमा डिजिटल केबल टेलिभिजन, ब्रडब्यान्ड र ओटीटीमा सबैभन्दा ठूलो ट्रेड शो ९ देखि ११ जनवरीसम्म विश्व बंगला मेला प्रांगन (मिलन मेला), कोलकातामा सम्पन्न हुनेछ। सन् २०२३ मा भारतीय प्रसारण र केबल टीभी बजारको मूल्य १३.६१ बिलियन डलर छ, र यसले २०२९ सम्म ७.८५ प्रतिशतको वार्षिक वृद्धिदर दर्ता गर्ने अनुमान गरिएको छ।

पवन जाजोदिया अध्यक्ष प्रदर्शनी सीटीएमएले भने, ‘यस वर्ष केबल टीभी शो २०२४ कोलकाताको इतिहासमा सबैभन्दा ठूलो शो हुनेछ जसले सन् १९९७ देखि कोलकातामा केही स्टलहरू र सहभागीहरूका साथ आयोजना गर्दा सफलतापूर्वक २५ वर्ष पूरा गरेको छ। कोलकाताको फराकिलो मिलन मेला परिसरमा ९२ स्टल, ८५ प्याभिलियन र ८० भन्दा बढी सहभागीहरू सहितको तीन दिनसम्म चल्ने बीटुबी मेगा शोमा देशभर र बंगलादेशबाट ५० हजार भन्दा बढी मानिसहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ।

यो तीन दिने बीटुबी मेगा इभेन्ट कोलकातास्थित केबल टीभी इक्विपमेन्ट ट्रेडर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (सीटीएमए)ले आयोजना गरेको हो। एकै साथ, यसले देशका केबल टेलिभिजन क्षेत्रसँग सम्बद्ध सबै प्रमुख मल्टि-सिस्टम अपरेटरहरू (एमएसओ) र ब्रान्डहरूलाई आकर्षित गर्दछ। यी तीन दिनहरूमा नवीनतम प्रविधिहरू, उत्पादनहरू, समाधानहरू र सेवाहरू प्रदर्शन गरिनेछ। सीटीएमएका सचिव के के बिनानीले भने, ‘सीटीएमए विगत ३० वर्षदेखि पूर्वी क्षेत्रको केबल टेलिभिजन क्षेत्रको आवाज बनेको छ। सरकारले तीन दशक पुरानो केबल टेलिभिजन सञ्जाल (नियमन) ऐन, १९९५ लाई विस्थापित गर्न प्रसारण सेवा (नियमन) विधेयक, २०२३ को मस्यौदालाई अन्तिम रूप दिने काम गरिरहेको बेला सीटीएमएले केबल टेलिभिजन नेटवर्कको आवाज र मागलाई सम्बोधन गर्ने भएको छl’

भारत र विदेशबाट १०,००० भन्दा बढी केबल अपरेटरहरू, एमएसओहरू र प्रतिनिधिहरू, व्यापारीहरू, निर्माताहरू, च्यानल साझेदारहरू, वितरकहरू, प्रसारणकर्ताहरू अनि मल्टि-सिस्टम अपरेटरहरू (एमएओहरू) केबल टीभी शो २०२४ मा भ्रमण गर्ने अपेक्षा गरिएको छ। सीटीएमएका अध्यक्ष राजेश दोशीले भने, ‘केबल टीभी शोले विगत केही वर्षदेखि पूर्वी क्षेत्रका केबल अपरेटरहरूका लागि केबल टेलिभिजन क्षेत्रमा भएका नवीनतम प्रविधि र परिवर्तनहरू देखाउन आफ्नो गति कायम राखेको छ र आफ्नो पहुँच विस्तार गर्न जारी राखेको छ। सार्क क्षेत्रमा यो आफ्नो प्रकारको सबैभन्दा ठूलो शो भएको छl’ सीटीएमएका उपाध्यक्ष राजेन्द्र प्रसाद अग्रवालले भने, ‘प्रतिस्पर्धी प्रविधिहरूका चुनौतीहरू बाहेक पनि मनोरञ्जन र शैक्षिक सामग्रीको अतिरिक्त इन्टरनेट सेवाहरू प्रदान गर्ने नयाँ ग्रामीण क्षेत्रहरूलाई समेट्न सीएटीभी क्षेत्रले आफ्नो वृद्धि जारी राखेको छ। यससँगै सीएटीभी नेटवर्कले अछूत ग्रामीण क्षेत्रहरूमा विस्तार गर्न र भारतमा महत्त्वपूर्ण सेवा प्रदायकको रूपमा आफ्नो पदचिह्न विस्तार गर्न पूर्वाधारात्मक चुनौतीहरू पार गरेको छ। एलायन्स ब्रोडब्यान्ड र मेघबाला ब्रडब्यान्ड २५औं सीएटीभी शो २०२४ का गोल्ड प्रायोजक हुन्; सिल्वर प्रायोजकको रुपमा एमआरएमपीएल, एसजी बेल्डन, साइरोटेक र विशनेट तथा ब्रोन्ज प्रायोजकको रूपमा सीटीआरएलएस, डिजीसोल, एक्सट्रीम, सीनेट र स्टार छन्। यो शो एसआईटीआई नेटवर्क र जीटीपीएलकेसीबीपीएलद्वारा समर्थित रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *