सड़क दुर्घटनामा युवकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-2

जलपाइगढ़ीः सड़क दुर्घटनामा घाइते युवकको मृत्यु भएको छ। घटना शुक्रवार राति जलपाइगढ़ी जिल्लाको सदर ब्लक अन्तर्गत बेलाकोबा ग्राम पञ्चायतको ग्वालपाड़ा क्षेत्रको हो। मृतकको नाम राजीव शर्मा (२३), राजगञ्जको कुकुरजान ग्राम पञ्चायत क्षेत्रको निवासी बताइएको छ।

स्थानीय मानिसहरू अनुसार, राजीवको बेलाकोबामा बाइकको गराज छ। शुक्रवार अबेर राति कामपछि दोकान बन्द गरी घऱ फर्किरहेको थियो। तब ग्वालपाड़ा क्षेत्रमा बाइक दुर्घटनाग्रस्त भयो। घटनाको खबर पाउनसाथ परिजनहरू घटनास्थलमा पुगे र उसलाई बेलाकोबा ग्रामीण अस्पताल लगे। जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। सूचना पाएर जलपाइगढ़ी कोतवाली थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति पठायो। पुलिस दुर्घटनाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement