बंगालमा मौसममा परिवर्तन, तापक्रममा वृद्धि

Rajya-Samachar

कोलकाताः पश्चिम बंगालमा मकर संक्रान्तिअघि मौसममा परिवर्तन शुरू भएको छ। मौसम विभाग अनुसार, तापक्रममा वृद्धिको क्रम शुरू भएको छ। न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा दुई डिग्री धेरै हो। अधिकतम तापक्रम पनि २५.३ डिग्री सेल्सियस छ, जुन सामान्य हो। कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा तापक्रममा वृद्धि दर्ता गरिएको छ। दक्षिण बंगालका जिल्लाहरूमा तापक्रम १२ देखि २२ डिग्री सेल्सियसबीच बनेको छ।

उत्तर बंगालमा अलिपुरद्वार, कोचबिहार, जलपाइगढ़ी दार्जीलिङ र कालेबुङमा न्यूनतम तापक्रम लगभग १० डिग्री सेल्सियस छ। यसले गर्दा त्यहाँ अङिले कठ्याङ्ग्रिने जाड़ो परिरहेछ। यद्यपि, पश्चिम बंगालमा धेरै जाड़ो पर्दैन। दिसम्बर महिनाको मध्यदेखि लिएर जनवरी महिनाको पहिलो हप्तासम्म न्यूनतम तापक्रम धेरैभन्दा धेरै लगभग १४ डिग्री सेल्सियस पुग्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement